मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

एक व्यक्ति एउटामात्रै सहकारीको सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

एक व्यक्ति एउटामात्रै सहकारीको सञ्चालक बस्न पाउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । एउटा व्यक्ति एउटा मात्र सहकारीको सञ्चालक बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिइएको छ । देशभरका सहकारी संस्थालाई सहकारी विभागले यस्तो निर्देशन दिएको हो ।

विभागले ‘सहकारी ऐन, २०७४’ को दफा ४१ मा गरिएको व्यवस्था अनुसार एक समयमा एउटा व्यक्ति एउटा मात्र सहकारीको सदस्य बस्न पाउने नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

Advertisement
ADVERTISEMENT

यसो त विभागले यसअघि पनि यस्तो नियम कार्यान्वयन गर्न निर्देशन दिँदै आएको थियो । तर, सहकारी संस्थाहरुले निर्देशन अटेर गर्दै एक पटकमै एउटै व्यक्तिलाई एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक बस्न छुट दिँदै आएका थिए ।

यसरी एउटै व्यक्तिले दोहोरो सञ्चालकको भूमिकामा बसेको गुनासो बढेपछि विभागले नियम कार्यान्वयनमा थप कडाइ गरेको छ । विभागले व्यवस्था कार्यान्वयन भए/नभएको जाँच गर्न र नभएको पाइए कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

शेयर गर्नुहोस:

81
Shares