हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उनले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री पाण्डेले भने, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका…