अमेरिका । स्पीरिट एयरलाइन्सले मे २ को बिहान ३ः०० बजेबाट सबै उडान स्थायीरूपमा बन्द गर्ने निर्णय सार्वजनिक गर्नुअघि नै कर्मचारीहरूमा हलचल सुरू भइसकेको थियो ।
आधिकारिक घोषणा हुनुभन्दा करिब एक घन्टाअगाडि, स्पीरिटका करिब १४ हजार कर्मचारीहरूले मिडिया रिपोर्ट र युनियन सन्देशमार्फत आफ्नो जागिर गुमाउने खबर पाएका थिए ।
राति १ः०० बजेतिर स्पीरिटको एसोसिएसन अफ फ्लाइट अटेन्डेन्ट्स ले आफ्ना ५ हजार सदस्यलाई पठाएको सन्देशमा भनिएको थियो, “हामी हाम्रो जीवनको सबैभन्दा कठिन खबर सुनाउँदैछौँ कि स्पीरिटले मे २ मा बिहान ३ः०० बजे स्थायीरूपमा आफ्नो काम बन्द गर्नेछ।”
अचानक आएको बन्दले कर्मचारीहरू स्तब्ध बनेका छन्, । विश्लेषकहरूले यसलाई अमेरिकी उड्डयन क्षेत्रमा पछिल्ला वर्षकै सबैभन्दा ठूलो ‘अचानक सटडाउन’का रूपमा हेरिरहेका छन्। २५ वर्षयता स्पीरिट एअरलाइन्स अमेरिकी उड्ययन क्षेत्रको सेवा बन्द गर्ने मुख्य वायुसेवा सञ्चालकमध्ये पर्दछ। स्पीरिटले सेवा बन्द गरेसँगै सस्तो भाडामा यात्रा गर्ने हजारौँ यात्रीहरुलाई मर्का पर्ने देखिन्छ ।
कोभिडको समयलगत्तै निकै घाटामा चलिरहेको स्पीरिट एअरलाइन्स इरान युद्धका कारण बढेको हवाई इन्धनको मूल्य थेगेर सेवा निरन्तर गरिरहन सक्ने अवस्थामा थिएन । आर्थिकरुपमा टाट पल्टेर अचानक सेवा बन्द हुँदा कैयन यात्रीहरु उडानको क्रममा नै अर्को विमान सेवाबाट यात्रा गर्नुपर्ने अवस्थामा पुगेका छन् ।












प्रतिक्रिया