चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो प्रदेशलाई सीपयुक्त जनशक्ति भएको प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । चितवन महोत्सवको १३औँ संस्करणको उद्घाटनका क्रममा उनले आन्तरिक रुपमा सीपयुक्त जनशक्ति उत्पादन भएसँगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताए । मुख्यमन्त्री पाण्डेले भने, “तीन महिनासम्म प्रदेश सरकारले खर्च गरेर सीपमूलक तालिम दिन्छ ।” तालिम प्राप्त जनशक्तिले…