कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा

ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ५५औँ स्थापना दिवसका अवसरमा शुक्रबार उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गरे ।      बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको…