वासिङ्टन । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको संयुक्तराज्य अमेरिकाको चालू आर्थिक वर्षको दोस्रो चौमासिक (अप्रिलदेखि जुन महिनासम्म) मा ३० प्रतिशतको हाराहारीमा अर्थतन्त्र खुम्चिने अनुमान गरिएको छ । अमेरिकी केन्द्रीय बैंकको स्रोतलाई उद्धृत गर्दै वासिङ्टन पोस्टमा प्रकाशित एक विश्लेषणमा कोरोनाभइरसको संक्रमण नियन्त्रण गर्नेक्रममा देशव्यापी लकडाउन र पेशा व्यवसाय बन्द रहेका कारण अर्थतन्त्रमा असर परेको उल्लेख…