काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन् । कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ,…