उर्जा क्षेत्रका समस्या समाधान गर्न नयाँ विधेयक : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नयाँ विधेयक ल्याइएको बताएका छन् । संघीय संसद्को पूर्वाधार विकास समितिको आजको बैठकमा ‘विद्युत् सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलमा मन्त्री बस्नेतले जलविद्युत् क्षेत्रको बदलिँदो अवस्थालाई ख्याल गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिए ।…