मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
बिजनेस/ इकोनोमी   

अमेरिकामा व्याजदर अझ केही महिना नघट्ने

अमेरिकामा व्याजदर अझ केही महिना नघट्ने

मोर्गज मात्र होइन, घर किनेपछि मर्मत सम्भारलगायत वार्षिक खर्च बढ्दो


अमेरिका- अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले बैंक ब्याजदर अझ केही महिना नचलाउने र यथावत राख्ने निर्णय गरेको छ । यो निर्णयले सर्वसाधारणका लागि क्रेडिट कार्ड , कार, घर लगायत सवै प्रकारका ऋण महंगो हुने छ ।

वुधवार फेडरल रिजर्भको बोर्ड बैठकले ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । यो बर्ष एक पटक मात्र ब्याजदर घटन् सक्ने संभावना रहेको वताईएको छ । यसका लागि अरु केही महिना कुर्नु पर्ने छ । अहिले अमेरिकामा विगत २३ बर्ष यताकै सवैभन्दा वढी ब्याजदर कायम हुन आएको छ ।

उपभोग्य वस्तुको महंगी दर अझै उच्च रहेकाले ब्याजदर नघटाईएको हो । ब्याजदर महंगो भएपनि रोजगारका अवसर पर्याप्त मात्र सृजना भईरहेकाले ब्याजदर नघटाउन बल पुगेको हो ।

अहिले अमेरिकाको उपभोग्य वस्तुको महंगी दर अझै उच्च छ । ब्याजदर महंगो भएपछि मानिसले ऋण कम लिन्छन् खर्च घटाउंछन र यसले महंगी कम हुन्छ भन्ने अर्थशास्त्रको सिद्धान्त हो ।

केन्द्रिय बैंकले बजार, अर्थतन्त्रका विविध तथ्यांक विश्लेषण गरेर समर्थन ब्याजदर तोक्छन । यो भनेको बैंक तथा वित्तीय संस्थालाई फेडरल रिजर्भले तिमीलाई पैसा चाहिन्छ भने यति ब्यादरमा दिन्छु भनेको हो । अहिले यस्तो समर्थन ब्याजदर करिव साढे ४ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले यसमा केही प्रतिशत थपगरेर उपभोक्तालाई पैसा दिन्छन् । अहिले औषत ब्याजदर करिव ७ प्रतिशतको हाराहारीमा छ । दुई बर्ष अघि यो करिव ३ प्रतिशत थियो ।

ब्याजदर महंगो भएकाले विशेष गरी घर, कार, वा व्यवसायका लागि ऋण लिदां महंगो पर्ने छ । अहिलेनै घरको मूल्य निकै उच्च छ । घर किन्ने मूल्य मात्र होइन त्यसपछि लाग्ने खर्च समेत बढेको छ ।

एक तथ्यांक अनुसार अमेरिकामा घर मालिक हुदां बार्षिक औषतमा १८ हजार ११८ डलर खर्च हुने गरेको छ । यो घर किन्दा लिएको ऋणको किस्ता वाहेको खर्च हो । सम्पत्ति कर, घरको मर्मत संंभार, बिमा शुल्क, इन्टरनेट, विद्युत लगायतमा यो रकम खर्च हुने गरेको हो । यो खर्च अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले वढी हो ।

एक बर्ष अघि घर भित्रको यस्तो खर्च १४ हजार ४२८ डलर थियो । रोजगारीका अवसर वढेपनि, आम्दानी वढेपनि अमेरिकी उपभोक्ता भने अहिले वढ्दो महंगीले दवावमा छन् । सिमित आम्दानी हुने परिवारलाई महंगीले कठिन भईरहेको छ । घरका लागि आवश्यक सरसमान किन्न जांदा लाग्ने खर्चले उपभोक्ता आत्तिने गरेका छन् ।