सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन् । सिंहदरबारमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारवालाबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्त्वले देशमा हिंसा मच्चाउन नसक्ने दाबी गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो…