काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताएका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको आज अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गरेका छन् ।…