काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् । “राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै सङ्घीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त…