मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको सदस्यता किन लिने ?

एनआरएनए अमेरिकाको सदस्यता किन लिने ?


अमेरिका- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए अमेरिका)ले अमेरिकामा स्थायी वस्ने नेपाली समुदायलाई सदश्य वन्न आग्रह गरेको छ । यो आग्रह संगै अमेरिका वस्ने नेपालीका कयौं प्रश्न पनि छन् । एनआरएनए अमेरिकाको सदश्यता लिने वा नलिने ? किन लिने ? संस्था खत्तम छ ?

विदेशमा निश्चित समय वा स्थायी बसोवास गर्ने नेपालीलाई नेपाल सरकारले गैर आवासिय नेपालीको परिभाषामा राखेको छ । त्यसकारण विदेशमा वस्ने नेपालीले नेपाल सरकारवाट पाउने सेवा सुविधा लिनका लागि एनआरएनएको सदश्य वन्नु पर्दैन ।

एनआरएनए संस्थाको सदश्य नबनेपनि एनआरएनए कार्ड वा एनआरएनए नागरिकता (अहिलेसम्म कानुन वनेको छैन ) त्यो पाइन्छ । विदेशमा बस्ने नेपालीलाई सरकारले जे जे सहुलियत दिएको छ त्यो लिन एनआरएनएको सदश्य वन्नु पर्छ भन्ने छैन । ग्रिनकार्ड हुने त नेपाली नागरिक नै हुन् । उनीहरुलाई एनआरएनए कार्डपनि चाहिंदैन । नेपाली नागरिकता मज्जाले उपयोग गर्न पाइन्छ ।

अमेरिकामा करिव ४ लाख नेपाली समुदाय रहेको वताईन्छ । त्यसमा पनि करिव एक लाखले अमेरिकाको नागरिकता लिएको तथ्यांक छ । तर यस मध्ये २० हजारमात्र अहिले एनआरएनए अमेरिकका सदश्य छन् ।

विश्वव्यापी रुपमा हेर्दा पनि करिव ५० लाख नेपाली विदेशमा रहेका छन् । तर, एनआरएनएको सदश्यसंख्या करिव १ लाख मात्र छ ।

त्यसैले एनआरएनएको सश्यता लिदां वा नलिदां विदेशमा वस्ने नेपालीले पाएको अधिकार उपयोगमा कुनै फरक पर्दैन ।

किन सदश्यता लिने त ?
विदेशमा वस्ने नेपालीको हक हित वा समस्याका वारेमा आवाज उठाउन एनआरएनए संस्थाको स्थापना भएको हो । एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराका साथ सन् २००३ मा एनआरएनए अभियान शुरु भएको थियो । यो अभियानले विदेशमा वस्ने नेपालीलाई एनआरएन भन्ने पहिचान दियो । संविधानमा दोहोरो नागरिकताले प्रवेश पायो । यो अभियानका यस्ता केही उपलव्धि भए ।

तर, अहिलेसम्म आउंदा विवादै विवादले एनआरएनए केन्द्र देखि एनसीसी सम्म समस्या भने देखिएको छ । एनआरएनए संस्था पहिले भन्दा अहिले कमजोर वन्दै गएको छ ।

एनआरएनएमा लाग्नेहरुको व्यापारिक स्वार्थ, व्यक्तिगत स्वार्थ, दलगत राजनीतिक स्वार्थले गर्दा यो संस्था अहिले छ्या भन्ने अवस्था छ ।

विदेशमा मर्का पर्दा हार गुहार कहां गएर गर्ने ? यसैका लागि एनआरएनए स्थापना भएको हो । यो अहिलेपनि सवैभन्दा ठुलो संजाल भएको संस्था हो । विदेशमा मर्दा र पर्दा यो संस्था मार्फत कयौं नेपालीले सहयोग पनि पाएका छन् ।

अमेरिकामा पनि एनआरएनए अमेरिका सवैभन्दा ठुलो संजाल भएको संस्था हो । यसले पनि यहां नेपाली समुदायलाई आवश्यक परेका वेला सहयोग पनि गरेको छ । त्यसकारण समान्य तोकिएको शुल्क तिरेर सदश्यता वन्दा वेफाइदा नै हुन्छ भन्ने छैन ।

तर, संस्था भित्र पदका लागि भने खिजातानी, राजनीति, स्वार्थहरु मिसिएका छन् । अहिले पनि आफुसंग वढी सदश्य छन् भन्ने हल्ला मच्चाएर अमेरिकामा आफुलाई शक्तिशाली भएको दावी गर्ने दाउमा केही केही छन् ।

एनआरएनए अमेरिकाको नेतृत्वमा आफ्नो पक्षका व्यक्तिलाई पुर्याएर आईसीसीमा पदको वार्गेनिगं गर्ने चाहना राख्ने पनि छन् । विगतमा एनआरएनए अमेरिकाको नेतृत्व तहमा पुगेकाले यस्तो गरेका पनि थिए ।
म शक्तिशाली छु भन्ने हल्ला फिजाएर विभिन्न ठाउंमा बार्गेनिगं गर्ने यर्थाथमा शक्तिशाली भने छैनन् । त्यही भएर लफडा गर्छन । यस अघिको नेतृत्वले सही ढंगवाट नयां टिमलाई नेतृत्व हस्तान्तरण गर्न समेत सकेन । तर, त्यही व्यक्ति आईसीसी पदाधिकारी बन्नु दुर्भाग्य थियो ।संस्था भित्र यी यस्ता समस्या छन् भन्ने वुझेर सदश्यता लिदां पिडा हुदैंन । एनआरएनए अमेरिका तत्काल सुध्रिने वाला पनि छैन ।

अमेरिका वस्ने वा विदेशमा वस्ने नेपालीका पिर मर्का कसले उठाउने ? यहां समस्या परेका वखत हार गुहार कोसंग गर्ने ? कुनै न कुनै संस्था त चाहियो । आफ्नो पिरमर्का सम्वन्धित ठाउंमा कसरी पुर्याउने ? एउटा व्यक्तिले कराएर मात्र हुदैंन । त्यसैले संस्थामा आवद्ध भएर योगदान दिदां नराम्रो भने हुदैंन ।