टेक्सस, अमेरिका । उत्तर अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एसोसिएसन अफ नेप्लीज इन अमेरिका (एएनए)को हालै सम्पन्न निर्वाचनबाट सन् २०२१-२०२३ को लागि नयाँ कार्यकारिणी समितिको अध्यक्षमा टेक्ससका विजयराज भट्टराई निर्वाचित भएका छन् । आगामी जनवरी १ बाट कमिटीले पदभार ग्रहण गर्नेछ। सूचना प्रविधिका इन्जिनियर भट्टराईले यसअघि टेक्ससको नेपाली समाजमा उपमहासचिव,…