मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनता डा केसीको समर्थनमा, सरकार प्रतिकारमा

जनता डा केसीको समर्थनमा, सरकार प्रतिकारमा


काठमाडौँ । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको १५औँ अनशनको आज २४ पूरा भएको छ । डा केसीको समर्थनमा प्रवुद्ध वर्ग, नागरिक समाज, मानवअधिकारकर्मी, चिकित्सक, राजनीतिक दल तथा सर्वसाधारणको समर्थन बढ्दै जाँदा सरकार भने सशक्त प्रतिकारमा उत्रिएको छ । तर, डा केसीसँग वार्ता गर्न सरकार टसमस देखिएको छैन । 
 
सरकारले यसअघि बनाएको सचिवस्तरीय वार्ता समिति म्यान्डेटबिनाको भएको भन्दै अर्को वार्ता टोली गठन हुनुपर्ने अडान डा। पक्षधरले राखेको थियो ।२४ दिन पूरा हुँदा डा केसीको स्वास्थ्य स्थिति अत्यन्तै जटिल मोडमा पुगेको छ भने सरकारले अर्को वार्ता समिति बनाउन नसक्ने स्पष्ट संकेत गरेको छ । 
 
डा केसीको पक्षमा जनलहर बढ्दै जाँदा अत्तालिएको सरकारले आफ्नै बचाउमा समय खर्चिएको छ । उसले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, विवेकशील साझा, नयाँशक्तिलगायतका राजनीतिक दलको इशारामा चलेको भन्दै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली केसीसँग आक्रोशित बनेका छन् ।
 
सोमबार काठमाडौंमा ४०औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा दुवै नेताले डा। केसी कांग्रेसलगायतका राजनीतिक दलको इशारामा चलेको भन्दै तीव्र आक्रोश पोखेका थिए । देशभर डा केसीप्रति लाखौँ जनताले ऐक्यबद्धता जनाएपछि प्रधानमन्त्री ओलीले डा। गोविन्द केसीको एजेन्डामा कांग्रेसलगायतका राजनीतिक दलले रोटी सेक्ने काम गरेको आरोपसमेत लगाएका छन् ।
 
प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै भने, ‘के मुद्दा, के मामिला, के विषयमा अनशन बसेको भन्ने कुरा अब सबैले आफैं थाहा पाउँछन् । कोही माला लगाएर त कोही तुलसीको माला लगाएर प्रकट भएका छन् । अनौंठा दृष्यहरु देखिएका छन् ।’ उनको आक्रोश प्रवुद्ध वर्गमाथि पनि लक्षित थियो । 
 
आइतबार पूर्वन्यायाधीश सुशीला कार्कीले डा केसीको माग पूरा नभए देशभर आगो बल्ने अभिव्यक्तिप्रति इंगित गर्दै उनले भने, ‘पूर्वप्रधानन्यायाधीश नै डा। केसीको माग पूरा गराउन सडकमा उत्रिएका छन् । सर्वोच्च न्यायिक निकायमा बसेकाहरु निषेधाज्ञा तोड्न किन पाइँदैन भन्दै हिँडेका छन् । सर्वोच्च निकायको टुप्पामा बसेका मान्छे निषेधाज्ञा तोड्न पुग्छन् । अनि त्यो प्रधानमन्त्री १० कक्षा पढेको छैन के बुझ्छ कानुन भनेर भन्छन् ।’
 
पूर्वप्रधानन्यायाधीश कार्कीले शनिबार ८/१० कक्षा पढेको व्यक्तिलाई रातारात धनी बनाउने प्रयास गरेको भन्दै अभिव्यक्ति गरेकी थिइन् । तर, उनको टिप्पणी त्यतिबेला दुर्गा प्रसाईंप्रति केन्द्रित रहेको थियो । उनले अनशन मानवअधिकार विरोधीको कुरा भएको टिप्पणीसमेत गरे । उनले केसीको अनशनमा लागेका केही महान् वुद्धिजीवी देखेर उदेक लागेको बताए । आवेग ओकल्दै उनले भने, ‘हामी आवेश र उत्तेजनामा छैनौँ । हामी आफ्नो अभियानमा छौं । सम्पूर्ण कुरा एकजनाको अनशन, फुर्सदका बेला गरिने काममा निर्भर हुँदैन ।’
 
डा केसीलाई सरकारले अपहरण शैलीमा अस्पतालमा रक्तपात मच्चाएर उठाएर ल्याएको थियो । तर, त्यसैको वचावट गर्दै ओलीले भने, ‘जुम्लामा स्वास्थ्य उपचार गर्न अप्ठेरो देखेर काठमाडौं ल्याउन खोज्दा कांग्रेसले उपद्रो मच्चाएर गर्न खोजेको के हो ?’
 
कार्यक्रममा अध्यक्ष प्रचण्डले गोविन्द केसीको नै काम अनशन बसिरहने भएकाले अहिले संसद्भन्दा बाहिरबाट माग पूरा गर्न नसकिने जिकिर गरे । केसीको अनशन पहिलोचोटी नभएको बताउँदै प्रक्रियामा गएर समस्याको समाधान हुने बताए । 
 
झनै आक्रमक देखिएका प्रचण्डले गोविन्द केसीको हत्या गरेर कांग्रेसले उनको लाशमा राजनीति गर्न चाहेको समेत आरोप लगाए । उनले भने, ‘उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । तर कांग्रेस हत्या गर्न चाहन्छ । लाशको राजनीति गर्न चाहन्छ । यो के विडम्बना हो रु’ उनले केसीसँग सीधा वार्ता गरेर लेनदेन गर्न तयार रहेको बताए । 
 
सरकारले बेवास्ता गर्यो : केसी पक्षधर 
 
डा केसी पक्षधर वार्तामार्फत समस्या समाधान हुने भए पनि सरकारले नै बेवास्ता गरेको जनाएको छ । डा केसीको वार्तामा सहभागी डा जीवन क्षेत्रीले भने, ‘हामीले म्यान्डेटसहितको वार्ता समिति खोजेका हौँ । सरकारले म्यान्डेटसहितको वार्ता टोली गठन गरेर बोलाए हामी जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौँ ।’ डा केसीको १५ औँ अहिलेसम्मकै लामो अवधिको हो । यसअघि डा केसी २२ दिनसम्म अनशन बसेका थिए । 
 
यसैबीच, डा केसीकी ८० वर्षकी आमा मित्रकुमारी केसी छोरा भेट्न शिक्षण अस्पताल पुगेकी छन् । आमाको विशेष आग्रहपछि डा केसी रगत परीक्षणका लागि तयार भएका छन् । जुम्लामा अनशनमा बसेका केसीलाई बिहीबार काठमाडौँमात्रै ल्याइएको हो । उनले त्यसयता कुनै पनि उपचार गराउन मानेकै थिएनन् । आमा भावुक हुँदै राति फोन गरेर छोरालाई परीक्षण गराउन आग्रह गरेपछि सहमत भएको डा केसीका सहयोगी विषदले जनाएका छन् । 
 
डा दिव्या सिंहले करिब ४५ मिनेटको आग्रहपछि डा। केसी रगत परीक्षण गराउन तयार भएका थिए । रगत परीक्षणको रिपोर्ट सार्वजनिक भएपछि चिकित्सकहरु नै चिन्तित भएको केसीका सहयोगी दाहालले जानकारी दिए ।
 
रगतका सम्पूर्ण प्यारामिटरहरु असामान्य रहेका छन् । सेतो रक्तकोषिकाको संख्या अहिलेसम्मकै न्यून देखिएको छ । यति कम सेतो रक्तकोषिका भएका बिरामीलाई कुनै संक्रमण भइहाले त्यसले भयावह रुप लिने चिकित्सकको भनाइ छ । डा केसीलाई संक्रमणबाट बचाउन भेट्न आउनेहरुका लागि १० मिटर टाढा बस्न भनिएको छ । 
 
ग्लुकोजको मात्रा घटेसँगै डा केसीको अवस्था जटिल बनेको छ । उनले छाती बेसरी दुखेको बताइरहेका छन् । जुम्लामा रहँदादेखि घटेको पोटासियम, म्याग्नेसीयम र क्याल्सियमको मात्रा अझै नबढेको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार डा। केसीको मुटु जुनसुकै बेला बन्द हुन सक्ने जोखिम बढेको छ ।