मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘विप्लव समूह’ निर्वाचनको प्रमुख चुनौती

‘विप्लव समूह’ निर्वाचनको प्रमुख चुनौती


चितवन– आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम र लोकतान्त्रिक गठबन्धनबीच चुनावी सरगर्मी बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाचनको प्रमुख चुनौतीका रुपमा नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपा पार्टीलाई देखाएको छ । 
 
बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन व्यवस्थापन एवम् आचारसंहितासम्बन्धी प्रतिनिधिसभा सदस्य उम्मेदवारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनको चुनावको चुनौतीहरुमा ‘विप्लव समूह’ नै प्रमुख रहेको उल्लेख गरे । उनले भने, ‘यहाँको चुनावको चुनौतीहरुमा एउटा चुनौती ‘विप्लव समूह’ नै हो ।’ 
 
कार्यक्रममा प्रजिअ भट्टले उम्मेदवारहरुका कार्यकर्ताबीच चुनावी सभाहरुमा हुने आरोप–प्रत्यारोप, आचारसंहिता उल्लंघनका विषयलाई लिएर हुने झै–झगडा र ¥याली र जुलुसहरुमा हुने जम्काभेटमा झडप हुने स्थिति चुनावको चुनौतीका रुपमा अथ्र्याए । 
 
उनले मतदान केन्द्र र स्थलहरुमा हुने सामान्य व्यवस्थापकीय कमजोरी र उम्मेदवारहरुको अवलोकनलाई लिएर मतदानस्थल र केन्द्रहरुमा हुने झगडाहरु पनि चुनावको चुनौती देखिएको उल्लेख गरे । 
 
नेपाल प्रहरीको मोबाइल टोली, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलिजेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिए । 
 
निर्वाचनका लागि चितवन प्रशासनले कुनै कसर बाँकी नराख्ने भन्दै प्रजिअ भट्टले तीन तहको सुरक्षा व्यवस्था रहने बताए । उनले पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले निर्वाचनमा सुरक्षा प्रदान गर्ने जानकारी दिए । 
 
जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्र छन् । भित्री सुरक्षा नेपाल प्रहरी, बाहिरी सुरक्षा नेपाली सेनाको हुनेछ ।
 
५२ मतदान स्थल अति संवेदनशील
 
५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइने प्रजिअ भट्टको भनाइ छ । उनले भने, ‘तर सबै मतदानस्थललाई विशेष रुपमा उच्च सतर्कतामा राखिनेछ ।’
 
चितवनमा तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । 
 
आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता 
 
चितवन जिल्लाबाट कार्यक्रममा उपस्थित भएका प्रतिनिधिसभाका उम्मेदवारहरुले निर्वाचन आयोगको आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्धता गरेका छन् । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले यहाँको चुनावमा खासै कुनै चुनौती नदेखेको बताए । 
 
कार्यक्रममा दाहालले भने, ‘चितवनमा मैले त्यस्तो कुनै खतरा देखेको छैन, यहाँ सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा नै गर्नुहुन्छ ।’ उनले आचारसंहिता उल्लंघनको उजुरी नै परेकोजस्तो आफूलाई नलागेको र सबै दलहरुले सजगता नै अपनाएको बताए । 
 
उनले भने, ‘चितवनलाई यस्तो जिल्ला बनाउनुपर्छ, स्वस्थ प्रतिस्पर्धा हुने र उम्मेदवारबीच सहकार्य भएको एउटा जिल्ला भनेर देशभर नै एउटा गतिलो सन्देश दिनुपर्छ ।’
 
कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार विक्रम पाण्डेले चितवनको निर्वाचन नेपालकै नमुना बनाउनुपर्ने बताए । उनले भने, ‘आचारसंहिता अक्षरशः पालना गर्नुपर्छ । सौहाद्रपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नुपर्छ । यसअघि पनि चितवनको निर्वाचन शान्त, सभ्य भएको हुनाले यसपटक पनि हुने आफूले आशा गरेको पाण्डेको भनाइ थियो । 
 
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाए । उनले आचारसंहिता उल्लंघन भएनभएको विषयमा ज्यादै चनाखो बन्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई अनुरोध गरेका थिए ।