मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरिका भित्र नैतिकताको प्रश्न ?

एनआरएन अमेरिका भित्र नैतिकताको प्रश्न ?


सम्पादनसमूहका सदश्यज्यूहरु 
एनआरएन अमेरिका भित्र एक जना पत्रकारले लेखेको समाचारका विषयमा नैतिकताको कुरा उठेको छ । उठाईएको छ । यसमा तपाईँ पत्रकारहरुपनि मौन देखिनु भएको छ । यो मौनताले मलाई लाग्छ तपाईहरुले मैले लेखेको विचारपनि छाप्नु हुन्न् । 
 
मैले उठाउन खोजेको विषय तपाईँहरूको नीतिसंग मिल्दैन पनि । मैले तपाईँहरूको समाचार पढ्ने गरेको छु । तपाईहरुलाई सुझाव छ अझ गहन समाचार दिनु होस । अहिलेलाई तपाईहरुले नलेखेका विषयमा म ध्यानाकर्षण गराउन चाहन्छु । मलाई थाहा छ, एउटा पाठकको विचार छाप्ने नछाप्ने अधिकार तपाईँलाई छ । तर, यर्थाथलाई तपाईहरुले रोकेर रोकिन्न ।  
 
अव एनआरएन अमेरिकामा विगत २ तीन महिना यता भएका विषय म उठाउंछु ।  पूर्व क्षेत्रीय उपसंयोजक एसी शेर्पा पराजित भए । प्रजातन्त्रिक प्रकृया अनुसार उनले हार स्वीकार गरे । उनी अहिले मौन बसेका छन् । उनले यो कार्यसमितिको नैतिकता माथि प्रश्न उठाउन सक्छन् ।
 
त्यस वेला तपाईहरुले एनआरएन अमेरिकाको सदश्यतावाट राजीनामा दिने कि नदिने ? ५ महिना अघिसम्म पदाधिकारी नहुने व्यक्ति पछि कसरी पदाधिकारी भए । पदाधिकारी भएको पत्र पहिलो किन दिईएन र पछि कुन आधारमा दिईयो यो पनि नैतिकताको प्रश्न हो होइन ?
 
एनआरएन अमेरिकाबाट १८० जना डेलिगेट जान पाउंथे । जाने मन भएका पनि थुप्रै थिए । तर, तपाईहरुले यो पुरा कोटा नै पुर्‍याउन सक्नु भएन । भोट हाल्न जान चाहनेलाई पनि नाम नराखिकन रोकियो यसको जिम्मेवारी यो कार्यसमितिले लिनु पर्छ वा पर्दैन ? एनआरएन अमेरिकाका कोषाध्यक्षमा उम्मेदवारी दिएका रविन बज्राचार्यले डेलिगेट्ससंग ५० डलर किन बढी लिईयो भन्ने प्रश्न गरेका छन् । 
 
डेलिगेट्स हुन २५० डलर तिर्नेले २०० डलरको मात्र भरपाई विल प्राप्त गरेका थिए । यो पनि नैतिकतासंग जोडिन्छन् । सदस्यता र चुनावका वेला भएका विवाद पनि पुराना भईसके । धेरै नलेखौं अहिलेलाई नतिजा पनि हेरौं ।
 
नतिजा के आयो ?
विश्व सम्मेलनमा निर्वाचन हुनभन्दा अघिल्लो दिन राती ह्यात होटलको लविमा एनआरएन अमेरिकाका कार्यसमितिका सदस्य र डेलिगेटहरुले अध्यक्ष डा केशव पौडेल माथि हातपात भएको हुदां अध्यक्ष उम्मेदवार जमुना घलेसंग कारबाहीका लागि याचना गरेका थिए । डा पौडेलपनि त्यही हुनुहुन्थ्यो । जमुनाले कुरा सुनेजस्तो गरिन तर, केही भएन । उनले यो याचना बेवास्ता जस्तै गरिन् । हातपात हुनु कुनै पनि पक्षमा सही मान्न सकिदैंन ।
 
कारबाही हुनुपथ्र्यो ।  किन भएन ? अमेरिका जस्तो सबैभन्दा ठुलो डेलिगेट्स भएको देशबाट यस्तो हातपातसम्मको सन्देश जानु एनआरएन अभियानकै दुर्भाग्यपुर्ण थियो । यसमा किन सुनाई भएन ? कार्यसमितिले आफ्नो काम कारबाही पनि मूल्याङ्कन गर्नु पर्छ कि पर्दैन ? 
 
अमेरिकाबाट एउटै पदमा तीन तीन जना उम्मेदवार उठ्ने वातावरण बन्यो । अन्य देशका थुप्रै डेलिगेट्सहरुले किन अमेरिकाबाट एउटै पदमा तिन जना उठेका भन्ने प्रश्न उठाइरहेका थिए । यसले पनि एनआरएन अमेरिकालाई कुरी कुरी गरिरहेको थियो । 
 
तिनै जना हार्ने धेरैको पूर्व अनुमान थियो । यही भयो । उपाध्यक्षमा अमेरिकाका तिनै जनाले हारे । एनआरएन अभियानमा लागेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी आफू एक्लै आफ्नो प्रचार गरिरहेका थिए । उनले अव के आधारमा एनआरएन अमेरिकालाई सहयोग गर्ने ? तर, यति हुदां हुदैं पनि उनले अमेरिकाज् क्ष्ँेत्रवाट एक सय भन्दा बढी भोट पाए । यो उनले सम्मान हो । 
 
अमेरिकाबाट जाने डेलिगेट्सले पैसा मागेको विवाद पनि आयो । समाजिक सञ्जालमा यसबारेमा थुप्रै प्रतिकृयाहरु  देखियो । यसमा वरिष्ठ उपाध्यक्षले विज्ञप्ति निकालेर स्पष्टीकरण समेत दिए । १ सय ६० जना डेलिगेट्स मध्ये कसले के गरे यो उनीहरूको नैतिकताको कुरा हो । तर, समाजिक सञ्जालमा विवाद आईसकेपछि यसबारेमा कार्यसमितिले छानबिन गर्नु पर्छ पर्दैन ? करिब १५ हजार साधारण सदस्यले कार्यसमितिवाट यसको स्पष्टीकरण माग्ने वा नमाग्ने ? 
 
यी सबै नैतिकताका प्रश्न हुन् । एक जना पत्रकारलाई मात्र यसमा स्पष्टीकरण सोधेर एनआरएन अमेरिका सुधार हुन सक्दैन । 
 
नृपेश दाहाल 
वासिंटन