मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एमाले सभासद भएर कम्युनिष्ट भन्न लजाउँथे विनोद चौधरी

एमाले सभासद भएर कम्युनिष्ट भन्न लजाउँथे विनोद चौधरी


नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी यस पटक फेरि चर्चामा छन् । दुई दिन अघि नेपाली काँग्रेस प्रवेश गरेपछि उनको चर्चा ह्वात्तै बढेको हो । 
 
विगतमा उनी एमालेबाट सांसद भैसकेका थिए । २०६४ सालमा एमालेले उनलाई समानुपातिक तर्फबाट सभासद बनाएको थियो । चौधरीलाई कम्युनिस्ट बनेको भन्दा समाजले स्वीकार्दैनथ्यो । मैले अनुभव गर्दा उनी एमालेको सभासद् भएर पनि उनी आफूलाई कम्युनिस्ट भन्न असाध्यै लजाउथे । धेरै ठाउँमा आफूलाई उद्योगपति र सांसदको रूपमा चिनाउन खोज्थे । अझ पत्रकारसँग त उनी एमालेका रूपमा कहिले पनि प्रस्तुत नै भएनन् । 
 
सभासद भएको केही महिनापछि अझ खास कार्यक्रममा मात्रै चौधरी एमाले भएको स्वीकार्दथे । सार्वजनिक रूपमा उनले खुलेर स्वीकार नगरेपनि समाजले उनलाई एमालेका रूपमा लिनै पर्दथ्यो किनभने उनी एमालेकै सांसद थिए । 
 
कम्युनिस्ट नाम राखेपनि एमाले बिस्तारै लोकतान्त्रिक दलका रूपमा रूपान्तरण भइरहेको थियो । यही तथ्यलाई चौधरीले मनन गरेका थिए । हुन पनि एमालेका शक्तिशाली महासचिव माधवकुमार नेपालको कार्यकालमा यो दल काँग्रेसको विकल्पका रूपमा उदाएको थियो । 
 
बिस्तारै कम्युनिस्ट नाम हटाउने विषयमा पनि एमालेमा बहस हुन थालेको थियो । तर माओवादीको हिंसात्मक आन्दोलनले एमालेलाई कम्युनिस्ट नाम राख्न बाध्य बनायो । कम्युनिस्ट नाम नराख्दा कार्यकर्ता माओवादी तिर जालान भन्ने आशंकामा एमालेको नेतृत्व डरायो । 
 
अहिले अझ माओवादीसगै एकता गर्ने नाममा एमाले कम्युनिस्ट नै रहने खतरा बढेको छ । यसले पनि चौधरीलाई एमाले छोडने वातावरण बनेको हुनसक्छ ।  नेपाली समाजलाई कम्युनिज्म नाममा कति सय वर्ष पछाडि धकेलियो भन्ने जोकोहीले पनि अन्दाज गर्न सक्छ । तर देशलाई पछाडि धकेल्नेहरु यो तथ्य स्वीकार्न तयार छैनन् ।  यही बेला चौधरी एमाले छोडेर काँग्रेस प्रवेश गरेका छन् । एमालेमा स्थान नपाएकोले काँग्रेस पसेको भन्नेहरु पनि होलान् । तर चौधरी कम्युनिस्ट हुन र रहनै सक्दैनन् । 
 
 
चौधरीले उद्यमीका रूपमा खुला प्रतिस्पर्धा र स्वतन्त्रता चाहन्छन् । यो प्रतिस्पर्धा र स्वतन्त्रता कम्युनिस्ट रूपमा उनले पाउनै सक्दैनन् । पाच पुस्ताले मिहेनत गरेर आर्जन गरेको धनलाई लुटेर बाडनुपर्छ भन्ने ‘नेपाली कम्युनिस्ट’ को समर्थन चौधरीले गर्नै सक्दैनन् । र उनी काँग्रेस प्रवेश गरे । उनको ठाउँ नै यही हो । चौधरीलाई विगतमा काग्रेसले महत्त्व नदिएर पो उनी एमाले भएका थिए की ? यो प्रश्न अनुत्तरित नै छ ।
 
विगतमा विनोद चौधरी एमाले भए भन्दा यो स्तम्भकारलाई आश्चर्य नै लागेको थियो । एमाले पनि लोकतान्त्रिक दलका रूपमा रूपान्तरण भैरहेका कारण उनी त्यता लागेका होलान् भन्ने मेरो अनुमान थियो । चौधरीले एमालेमा किन लाग्नु भएको भनेर प्रश्न पनि गरेको थिए“ । उनको जवाफ पनि एमाले लोकतान्त्रिक दलको रूपमा उदाइरहेको भन्ने नै हुने गर्दथ्यो । यो प्रश्न मैले व्यक्तिगत रूपमा राखेको थिए“ । अहिले सम्म कुनै स्टोरी लेखेको थिइन ।  
धन कमाउने महत्वकाक्षां पुरा गरेपछि चौधरीमा राजनीतिक महत्वाकांक्षा बढेको छ । यसका लागि पनि उपयुक्त थलो उनका लागि का“ग्रेस नै हो । का“ग्रेसको समर्थक र कार्यकर्ता अरू दलमा जस्तो नेताको आलोचना गर्न पछाडि पर्दैनन् । काग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेकै आधारमा कुनै कार्यकर्ता दलबाट निकालिनु पर्दैन । नेपालमा अरू ठुला दलमा यति स्वतन्त्रता छैन । 
 
क्याडर भन्दा मास बेस दल भएकोले पनि का“ग्रेस हुुनुको मजा बेग्लै हुन्छ । व्यक्तिगत सम्पत्तिको सुरक्षा र लोकतान्त्रिक मूल्य मान्यताका लागि विश्वले विश्वास गर्ने दल पनि अहिले सम्मका लागि काँग्रेस नै हो । चौधरीलाई विदेशी फोरममा कम्युनिस्ट हु“’ भन्दा अलि लाज पनि लाग्दो हो । अब काँग्रेस हु“’ भन्न उनले धक मान्नुपर्दैन । अब उनले विदेशी फोरममा खुलेर आफूलाई उद्योगतिसगै काँग्रेस भएको बताउन सक्नेछन् । 
 
काँग्रेसमा उनले मिहेनत गरे भने चौधरीको राजनीतिक महत्वाकाक्षां पुरा हुन धेरै वर्ष लाग्ने छैन । यसका लागि चौधरीको सहयोगमा रामशरण महत जस्ता नेता नेपाली काँग्रेसको सभापति हुनुपर्छ । आर्थिक एजेन्डा बुझेकाहरु का“ग्रेसमा अझै स्थापित हुन सकेका छैनन् । यसका लागि पनि चौधरी स्थापित हुन महत प्रमुख नेतृत्वमा आउनै पर्छ । तर चौधरी र महतको व्यक्तिगत सम्बन्ध त्यति राम्रो छैन । 
 
चौधरी स्वभावले पनि अलि उदार छन् । चौधरीको बारेमा मैले धेरै आलोचनात्मक समाचार लखें । त्यसो हुँदा भित्री मनदेखि उनले यो स्तम्भकारलाइ मन पराउदैनन् । तर चौधरीले बाहिर यो कहिले पनि देखाएनन् ।  नत उनले म्यानेजमेन्टसंग नै मेरो बारेमा नकारात्मक कुरा गरे । बरु म्यानेजमेन्टलाई नै साथमा लिएर नकारात्मक समाचार नआओस भन्ने प्रयास गरे । तर आफ्नै बारेमा नकारात्मक समाचार लेख्ने पत्रकारलाई उनले कुनै दुख दिएनन् । यसकारण उनी मनदेखि पनि उदार छन् । अब चौधरीको राजनीतिक यात्रा पनि उदारदलको प्रवेशस“गै सुरु भएको छ । 
 
तर चौधरीले सोचेजसरी काँग्रेसमा स्थान पाउन त्यति सजिलो छैन । यसको उदाहरण रामेश्वर खनाललाई हेरे पुग्छ । रामेश्वर खनाललाई प्रवेश गराए पनि तत्कालै काँग्रेसमा नेतृत्वले कुनै महत्त्व दिएन । कुनै स्थान पनि दिएन । र उनी काग्रेस छोडन बाध्य भए । काग्रेस छोडेपनि खनाल विचार र स्वभावले काँग्रेस नै हुन । 
 
तर चौधरीको व्यक्तिगत सम्बन्ध धेरै काँग्रेस नेताहरुसंग छ । उनले विगत चुनावमा धेरैलाई सहयोग गरेका होलान् । यसका आधारमा पनि चौधरीले काँग्रेसमा स्थान पाउन खनाललाई जति कठिन नहोला । तर सजिलै काँग्रेसमा कुनै ठाउँ भने पाइँदैन । यसका लागि केही समय धैर्य गरे भने चौधरी काँग्रेसमा जम्ने छन् । राजनीतिक महत्वाकाक्षां पुरा गर्नका लागि पनि उनी काँग्रेसमा जम्नैपर्छ ।