नेपालका पार्टीहरू अब पनि वादमा अाधारित छन् भनेर कसैले भन्छ भने त्याे कार्यकर्ता मात्र हाे, जसले अाफ्नाे विवेक कुनै पार्टीकाे झण्डामा बन्धकी राखेकाे हुन्छ। २०४७ काे अान्दाेलनपछि मुलुकका सबै ठूला पार्टीहरूकाे समीकरण, सत्ताअाराेहण, क्रियाकलाप हेर्दा याे निष्कर्षमा पुग्न कुनै अाइतबार पर्खनु पर्दैन। नेपालमा ठूला पार्टीका सबै नेताहरू राजनीतिक डन हुन् र याे या त्याे नाममा बहुमत बनाएर निरंकुशता लादिरहेका छन् । लाग्छ, निरंकुशता उनीहरूकाे डीएनएमै छ।
सन्दर्भ नेपालकाे चुनावकाे हाे र त्यसमा पनि गाेरखा २ काे हाे ।
गाेरखा २ मा एउटै पार्टीमा हुँदा पनि प्रतिस्पर्धी नहुँदा पनि प्रतिस्पर्धी डा. बाबुराम भट्टरार्इ र नारायणकाजी श्रेष्ठ अाम्नेसाम्ने छन् । यही एउटा क्षेत्र र उनीहरूकाे स्थायी तुषका कारण नयाँ शक्ति नेपाल नामकाे पार्टी एउटा गठबन्धनबाट बाहिरियाे र अर्काे गठबन्धनमा गयाे। त्याे पार्टी अाफ्राे गठबन्धनमा हुँदा पवित्र हुने र अर्काे गठबन्धनमा हुँदा अपवित्र हुने अनाैठाे खालकाे पाेलिटिकल डक्ट्रिन नेपालमा स्थापित भैरहेकाे छ। अचम्मकाे कुरा, भरतपुरमा कांग्रेसले मत दिएर रेणु जित्दा उनी महान कम्रेड हुने तर गाेरखामा बाबुरामले जिते भने उनी चाँहि प्रतिक्रियाबादी हुने ? हामी यस्तै हर्कते-तर्क गरेर नेपालमा वादकाे राजनीति छ भन्ने ठान्छाैं भने त्याे हाम्राे विवेकशुन्य अवस्थाकाे द्याेतक हाे ।
त्यसैले गाेरखा २ मा कुन वाद वा गठबन्धन छान्नेभन्दा पनि बाबुराम छान्ने कि नारायणकाजी छान्ने भन्ने नै हाे। अरू पार्टी र उम्मेद्वार भनेका नेपालकाे सन्दर्भमा चुनाव हाे भन्ने देखाउने पात्र र प्रभृति मात्रै हुन्। पटक पटककाे चुनावले त्यही कुराकाे पुष्टि गरेकाे छ।
अागामी प्रतिनिधिसभाकाे चुनावका क्रममा गाेरखा २ का जनतासँगबाबुराम र नारायणकाजी बाहेक तेस्राे विकल्प नै छैन। कसैले मत हाले पनि नहाले पनि यिनीहरूमध्ये एकले जित्ने हुन्। त्यसकाे छिनाेफानाे अरूले हैन, गाेरखा २ का जनताले नै गर्ने हुन् । तर, बाँकि नेपाली जनता चाँहि गाेरखा २ बाट काे चाहन्छन् त- नारायणकाजी या बाबुराम? अहिले याे प्रश्न अाफैंमा एक चुराे प्रश्न बनेकाे छ।
यसाे भन्नु परेकाेमा माफ गर्नुहाेला, बामगठबन्धनका जनता बाहेक अाम नेपाली जनता गाेरखाकाे पर्याय बनेका बाबुरामलार्इ प्रतिनिधिसभामा देख्न चाहन्छन् हाेला। म पनि गाेरखा २ का जनताले डा. बाबुरामलार्इ नै छानिदिउन् भन्ने चाहना राख्ने एक अकिञ्चन नेपाली जनता हुँ। यसमा मेराे विनम्र तर्क छ, हामी ठूला ठूला कुरा गर्छाैं तर धरातलीय यथार्थ के हाे भने मुलुकका लागि उपलव्ध नेताहरूबाटै नेतृत्व छानिने हाे ।
त्यसरी छान्दा बाबुराम नेपालका लागि अहिले नै रिटायर्ड गरिहाल्नुपर्ने नेता हैनन् । हाे, उनमा पनि अनेक कमजाेरी छन् । तर, ती कमजाेरीका बाबजुद पनि उनी नारायणकाजीभन्दा बढी मुलुकलार्इ चाहिने नेता हुन् । कसैले भ्रम नपाले हुन्छ, गाेरखा २ मा नारायणकाजीले जित्दा कम्युनिष्टले जित्ने र बाबुरामले जित्दा कांग्रेसले जित्ने भन्ने कुरा।चरित्रका हिसाबले अझैपनि नारायणकाजीभन्दा बाबुराम धेरै कम्युनिष्ट छन्। गाेरखाकै कुरा गर्दा पनि नारायणकाजीभन्दा बाबुरामले धेरै गरेका छन्।
उनी विगतमा दुर्इपटक त्यही क्षेत्रबाट चुनिएर गाेरखाका लागि केही याेगदान गरेका छन् । त्यसैले पनि जनताले उनलार्इ दण्डित गर्नुपर्ने जस्ताे लाग्दैन। सारमा गाेरखा २ मा पार्टी हैन, व्यक्ति छान्ने हाे र जित्ने पनि व्यक्तिले नै हाे। बाबुरामले जित्दा एक पूर्वप्रधानमन्त्रीले जित्ने हाे भने नारायणकाजीले जित्दा एक पूर्व उपप्रधानमन्त्रीले मात्र जित्ने हाे र नेपालमा एउटै क्याविनेटमा ६ जनासम्म उपप्रधानमन्त्री भएकाे स्थिति हेर्दा उपप्रधानमन्त्री त अायाराम गयाराम नै हाे । जे भए पनि बाबुराम त बाबुराम नै हुन् ।
यसाे भन्नु परेकाेमा माफ गर्नुहाेला, मेराे याे विचार समग्रमा हैन, गाेरखा २ काे विशिष्ट स्थितिका लागि मात्र हाे। हाे, नेताहरू खराब छन् तर अहिले नै जनता उनीहरूकाे विकल्प छ भन्ने मान्न तयार छैनन्। किनकि, घुमिफिरि रूम्जाटार भनेझैं जनताले मत रूख, सूर्य र हसिया हथाैडामै मतदान गर्दै अाएका छन् । हाे, तरार्इमा भने नेता नै चुनाव चिन्ह भएकाे अवस्था छ, त्याे तरार्इकाे चरित्र भए पनि अहिलेसम्म समग्र नेपाल मूलधारकै पार्टीमा विश्वास गरिरहेकाे छ।मलार्इ लाग्छ, यसपटक हुनसक्छ अन्तिम पटक नेपाली जनता उनीहरूलार्इ नै शंकाकाे सुविधा दिनेवाला छन् । हाे कि हैन त, चुनावी परिणाम अाएपछि थाहा हाेला। अहिलेलार्इ यति नै ।
प्रतिक्रिया