मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ह्वाइट हाउसमा मडारिएको संकट

ह्वाइट हाउसमा मडारिएको संकट


संयुक्त राज्य अमेरिकाको प्रजातन्त्र विश्वभर उदाहरणीय मानिन्थ्यो । तर, वासिंगटन राजनीतिमा देखिएको एकपछि अर्को विवादले अमेरिकाको प्रजातन्त्र कति बलियो रहेछ भन्ने प्रश्न उठ्न थालेको छ । व्यापारवाट राजनीतिमा प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछिका भण्डै चार महिना यता आएका एक पछि अर्को विवादले यस्तो प्रश्न उठेको हो । 
 
कुनैपनि सरकारी पद नलिई एकैपटक राष्ट्रपति भएका ट्रम्पको अनुदार इमिग्रेशन नीतिवाट शुरु विवाद संघिय जाँच ब्यूरो एफबीआईका निर्देशक माइकल फ्लिनसम्म आईपुग्दा संकट गहिरो हुँदै गएको छ । बिवाद साम्य कसरी हुन्छ ? ट्रम्प परिवर्तन हुन्छन् वा उनका विपक्षी सम्झौतामा आउँछन ? यसको अनुमान गरिहाल्न भने कठिन छ । बिवाद वढ्दै जाँदा राजनीतिक संकटपनि गहिरो हुन पनि सक्छ । यो विश्वको राजनीतिक र अमेरिकी अर्थतन्त्र दुवैका लागि चुनौती हुने छ । सानो रुपमा भएपनि संकेतहरु देखिन थालेका छन् । 
 
अमेरिकाको राजनीतिमा सानो रुपमा भएपनि राजनीतिज्ञ र विश्लेषकहरुले यो साता ह्वाइटहाउसका लागि अप्रिय इम्पिचमेण्ट अर्थात महाअभियोग शव्द प्रयोग गरे ।  ह्वाइट हाउसमा प्रवेश गरेको चार महिना नहुदैं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग शव्द प्रयोग गर्नु जोखिम हो ।  तर, मंगलवार अपदस्थ संघिय जाँच व्यूरो (एफबीआई) निर्देशक जेम्स कोमेले तयार पारेको राष्ट्रपति ट्रम्पका भनाई उल्लेखित मेमो द न्यूओर्क टाइम्सले सार्वजनिक गरेपछि यो अप्रिय शव्द उठेको हो । 
 
निकै लामो र जटिल महाअभियोग लगाउनु पर्ने प्रकृया अघि नबढेपनि राष्ट्रपति ट्रम्प माथि भने संकट वढ्दै गएको छ ।  राष्ट्रपति ट्रम्पले बिहिवार इतिहासमै आफुलाई सवैभन्दा नराम्रो व्यवहार गरिएको बताउँदै फेरि यसका लागि संचारमाध्यमलाई गाली गरे । तर, उनले आफु वासिंगटनमा जमेर बसेर मिडियाको हितका लागि होइन अमेरिकी जनताका लागि काम गर्ने दावी पनि गरे । यो विवादले ट्रम्प र उनका निकटहरुमा छटपटी भने वढाएको छ । 
 
न्यूयोर्क टाइम्सले गत मंगलवार अपदस्थ एफबीआई निर्देशक कोमेको मेमो नोटमा राष्ट्रपति ट्रम्पले २०१६ को राष्ट्रपति निर्वाचनमा रसियाको शंकास्पद भूमिकामा मुछिएका ट्रम्प प्रशासन द्धारा नियुक्त पुर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल माइकल फ्लििन माथि भईरहेको अनुसन्धानलाई यतिकै जान देऊ भने भन्ने उल्लेख छ । कोमे र राष्ट्रपति विच फ्रेब्रअरी १४ मा भएको आपसी कुराकानीमा ट्रम्पले म चाहन्छु यसलाई जान देऊ भनेको कोमेको मेमो नोटमा उल्लेख भएको टाइम्सले उद्दृत गरेको छ ।  
 
यदि कोमेको यो भनाई सत्य हो भने पाठ्क्रम किताव (टेक्स्टबुक) को परिभाषा अनुसार कानुन पालनामा अवरोध गरेको आरोपमा राष्ट्रपतिलाई महाअभियोग लगाउन सकिन्छ । वासिंटन राजनीति राष्ट्रपति विरुद्ध यस्तो अवाजपनि उठ्न थालेको छ । सिनेटर एंगुर किगंले टेलिभिजन च्यानंसँगको अन्तर्वातामा भनेका छन् । मलाई भन्न कठिन छ तर, यस्तै अवस्था आएको छ ।विहिवार अमेरिका भ्रमणमा रहेका कोलोम्बियाका राष्ट्रपतिसँगको संयुक्त सम्मेलनमा यो विवादको प्रश्न शूरु गर्ने वित्तिकै ट्रम्पले नो नो नेक्ट कोइसन्स (नो नो अर्को प्रश्न) चार शव्द भनेर पत्रकारलाई चुप लगाए । 
 
राष्ट्रपति ट्रम्पले प्रतिनिधित्व गर्ने रिपव्लिकन पार्टीवाट एरिजोनाका सिनेटर जोन म्याकिनले मंगलवार एक कार्यक्रममा ट्रम्पका काण्डहरु वाटरगेट साइज र तहमा पुगेको टिप्पणी गरेका थिएन । म्याकिनले एक सार्वजनिक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् । 
 
ह्वाइटहाउस प्रवेश गरेको साता देखिनै विवादमा तानिदैं आएका ट्रम्पले १० दिन अघि आकस्मात एफबीआई निर्देशकलाई बर्खास्त गरेका थिए । ७ बर्ष पदावधि बाँकी हुदैं कोमेलाई राष्ट्रपतिले आफ्नो विशेष अधिकार प्रयोग गर्दै तत्काल लागुहुने गरी हटाईदिएका थिए । अमेरिकाको राजनीतिमा कोमे प्रकरण चर्चामा रहेकै बेला राष्ट्रपति ट्रम्पले अमेरिका भ्रमणमा रहेका रसियाका विदेशमन्त्री  सर्जेई लावरोव र राजदुतसंग क्लासिफाइड इन्टिलिजेन्स सूचना अर्थात गोप्य सुजना साझा गरेको द वासिंटन पोष्टले सार्वजनिक गरेको थियो । 
 
आतंककारी संगठन आईएसआईएस तयार गरेको भनिएको ल्यापटप बम र हवाई सुरक्षासँग सम्वन्धित गोप्य सुचना अमेरिकी गुप्तचर निकायलाई अर्को देशको यस्तै निकायवाट प्राप्त भएको थियो । यो सुचना अमेरिकी गुप्तचर निकायको प्रयोजनका लागि मात्र प्राप्त भएको थियो । अर्को सुचना रसियालाई जानकारी दिने सकिने भन्ने थिएन । 
 
रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले ट्रम्पले त्यस्तो गोप्य सुचना साझा नगरेको टिप्पणी गरेपछि रिपव्लिकन पार्टीभित्र केही शान्त देखिएपनि ट्रम्प विवादमुक्त भएका छैनन् । इतिहासमा लामो शितयुद्धवाट अमेरिका रसिया सम्वन्ध गुज्रिएको थियो । अहिले पनि धेरै अमेरिकनहरु रसियालाई मित्र स्विकार्न सक्दैनन् । यसै बेला कोमेको मेमोले राष्ट्रपतिलाई थप संकटमा पारेको हो ।
 
राष्ट्रपतिले प्रतिनिधत्व गर्ने पुरानो सत्तारुढ रिपव्लिकन पार्टी भित्र ट्रम्पका विवादस्पद कार्यका कारण छटपटी शुरु हुन थालेको छ ।  ट्रम्पसंग लगातार जोडिएर आएका यस्ता विवादले रिपव्लिकन पार्टीको नीति कार्यान्वयनमा समस्या आउन सक्ने जोखिम बढेको भन्दै पार्टी भित्र असन्तुष्ठि वढेको हो । ह्वाइट हाउसले केही साता अघि ल्याएको नयां स्वास्थ्य नीति सिनेट (माथिल्लो सदन)वाट स्विकृत हुन बांकी छ । 
 
यसवाहेक अफगानिस्तान, आतंकारी संगठन आईएसआईए सम्वन्धित नीतिहरुमा पनि यी विवादका कारण ह्ँइट हाउसले पर्याप्त ध्यान दिन नसक्ने हो कि भन्ने वासिंटन राजनीतिक बृत्तमा आशंका वढेको छ ।  साता पिच्छे काण्ड, साता पिच्छेको विवाद देशका लागि हानिकारक भएको रिपव्लिकन सांसद (फ्लोरिडा) कार्लोस कावेलोले टिप्पणी गरेका छन् ।
   
राष्ट्रपतिले पटक पटक जनरल माइकल फ्लििन भद्र मानिस भएको उनले देशको रक्षाका लागि सेवा गरेको र कोमे वा कसैलाई पनि उनका वारेमा भईरहेको अनुसन्धान रोक्न नभनेको ह्वाइट हाउसले जनाएको छ । यदी ह्वाइट हाउसको दावी सही हो भने कोमले किन झुट वोले वा उनी र राष्ट्रपति ट्रम्प बीच भएको कुराकानीनै गलत वुझे भन्ने हो । 
 
यदी कोमेल झुट वोले भने किन भन्ने प्रश्न आउंछ । उनले वुझेनन् होला भन्ने विगतको विश्लेषण गर्दा मान्न सकिदैंन । अमेरिकाको संसदिय समितिले मंगलवार नै कोमे र राष्ट्रपति बीचको कुराकानीको रेकर्ड मागेको छ । अहिले सन् २०१६ को चुनावमा रसियाको शंकास्पद भूमिकाको अनुसन्धान गर्न पुर्व एफबीआई निर्देशक रर्बट मलरलाई दिईएको छ । 
 
मलरलाई यो जिम्मेवारी दिईएकोमा पनि ट्रम्प आक्रोसित भएका छन् । विगतमा विवादमा किन यस्तो समिति बनाईएन अहिले मेरा लागि किन भयो भन्ने ट्रम्पको आक्रोस छ । जस्टिस डिर्पाटमेण्टले रर्बटलाई छानविनको जिम्मेवारी दिएको हो । घरेलु विवाद साम्य नहुँदै ट्रम्प आफ्नो पहिलो विदेश भ्रमणका लागि मध्यपुर्व तर्फ लगेका छन् । 
 
यो साता महाअभियोग शव्द उठ्दा अमेरिकीको अर्थतन्त्रमा पनि प्रभाव पर्यो । गत बुधवार शेयर बजारमा ठुलो गिरावट आयो भने अमेरिकी आयो । अमेरिकी डलर विश्वका अन्य मुद्राका तुलनामा कमजोर वन्न पुग्यो । यसले पनि देखाउंछ राजनीतिक विवाद अमेरिकाको हितमा छैन । तर, ह्वाइट हाउसले यसलाई कसरी व्यवस्थापन गर्छ भन्ने धेरैमा चासो छ । सभामुखमा विश्वास गर्न सकिने राजनीतिक नेता पाउल राइन छन् । यसले भने अमेरिकाको प्रजातन्त्र कमजोर छैन भन्नेमा ढुक्क हुन सकिन्छ ।