मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

ब्लग: ब्राजील रियोका “केहरिओका”

ब्लग: ब्राजील रियोका “केहरिओका”


नेपालका तर्फबाट यो ओलम्पीकमा सबै भन्दा कान्छी खेलाडी पनि समाबेश छन र यसले नेपालको इज्जत बढाएको छ भने अर्कोतिर ७ खेलाडी तर रियो घुम्न जाने ४१ जना पदाधीकारी भनेर समाचार पढ्न पाउदा किन गत ५२ बर्षमा नेपालको पदक सुन्ना भन्ने कुरा आफै प्रष्ट छ।
 
खेल र खेलाडी भन्दा अरु नै स्वार्थलाई ध्यान दिए पछी के आशा गर्ने ? पंचायत कालमा धिरेन्द्र र शरद चन्द्र लगायतका राजाहरुको एक मण्डली (वा मण्डले जे भने पनि हुन्छ) कै रुपमा थियो खेल जगत। बहुदल पछी राजनीतीक खिचातानी र भ्रस्टाचारको अखाडा छ खेल जगत । खेलाडी संग धेरै नेपालीको आस्था र भरोसा छ तर मूल नै धमिलो भए सक्की गो नी?
 
उसो त एक अरब भन्दा बढी जन-संख्या भएको भारत को पनि हालत यस्तै छ। त्यत्तिकै जनसंख्या भएको चीन ओलम्पीकमा पहिलो आउछ भने भारतले मुस्किल ले कहिले काँही १-२ मेडल (अक्सर काश्य र रजत पदक) ल्याउछ। भारतमा क्रीकेट बाहेक अरु त खेल नै होईनन भने जस्तो; अरु खेल दोर्सो दर्जाका नागरीक जस्ता ।
 
नेपालमा ब्राजील भने पछी धेरै जसो फूटबलले चिनिन्छ। उसो त आफु पनि सन १९९४ को बिश्व कप देखी नै ब्राजीलको “फ्यान” बनियो । एक-दुई मिनेट मै वर छेउको बल पर पुर्याउने र खुट्टाले कम तर टाउकोले बढी गोल गर्ने भन्दा सायद उचाँई कम भएर होला अक्सर खुट्टाको कमालले खेल्ने ब्राजील, अर्जेन्टीना लयागतका ल्याटीन अमेरीकी देशका टीमहरुको खेल मलाई सधै "बिउटिफुल" लाग्छ। जर्मन, पोर्चुगाल आदी देशका फ्यानहरुमा अग्रीम "सरी" ।
 
तर ब्राजील अरु धेरै कुराले चिनिन्छ – रियो शहरको सुन्दरता, कही नपाइने तर ब्राजीलमा मात्र पाइने फल-फूल र बोट-बिरुवा हरु, ब्राजीलको "रेन फरेष्ट एमाजोन", ब्राजीलको "कार्निभल" र "स्ट्रीट" पार्टीहरु, ब्राजिलियनहरुको म्वाई खाने तरीका, राम्रो देखिन बिश्वमा अत्याधीक गरिने प्लास्टीक सर्जरीहरु, राष्ट्रपती लुलाका पालामा ब्राजीलले गरेको आर्थीक प्रगती र अहिले ब्राजीलमा चलिरहेको भ्रस्टाचारको अनुसन्धान आदी इत्यादी।
 
म तीन चोटी रियो ((अर्थात पूरा नाम रियो दी जेनैरो) पुगे । जती चोटी गए पनि कम भए जस्तो हुने। १-१ चोटी ब्रासिलिया, एल साल्भाडोर डी बाहिया र पारागुय र अर्जेन्टीना संग जोडीएको शहर इग्वासु पुगे ।
 
रियोमा बस्नेले अरु ब्राजीलीएन भन्दा आफुलाई "केहरिओका" भनेर चिनाउछन र अरु भन्दा अली बढी "ओपन" समाज मानिन्छ यो । सायद गर्मी र समुन्द्र नजीक बस्ने भएकाले पनि होला अली रहन-सहन लवाइ-खवाइ अली "ओपन" हुने ।
 
बिश्वभरी नै जाडो हुने र पहाड-पर्बत धरातल हुने ठाँउमा शरीर धेरै ढाक्नु पर्ने बाध्यता भने जती गर्मी हुने वा समुन्द्र नजीक हुने ठाँउ गयो त्यत्तीनै शरीरमा कम लुगा लगाउनु पर्ने अवस्था र चलन (एकाध कट्टपन्थी संस्कार वा धार्मीक आस्थालाई छोडेर) ।
 
दिउसो को तीन बजे पछी गर्मीमा अफिस छुट्टी हुने र त्यसपछी रियोका “केहरिओका” हरु निस्किन्छन प्रख्यात कोपाकाबाना र इपानेमा जस्ता प्रख्यात समुन्द्री तटतिर । सबै अर्ध नग्न बनेर समुद्री तटमा गर्मी धपाउनु "केहरिओका" को एउटा मुख्य जीबन चर्यामा पर्छ । खुट्टाले भलीबल खेल्ने खुट्टैले फूटबल खेल्ने, दौडिने वा अरु कुनै कसरत गर्ने, वा समुन्द्रमा पौडिने वा "सर्फिङ" गर्ने वा केही नगरेर बालुवामा उत्तानो परेर छेपारोले ढुंगामा घाम तापे जस्तो गरेर घाम ताप्ने (“सन, स्याण्ड एण्ड गुड रिल्याक्स”) !
 
अपरिचित भए पनि कसै संग बोल्न गार्हो हुँदैन रियोमा । साथी बनाउन जो संग बोल्दा पनि हिच्किचाउनु पर्दैन । उसो त कसैले अर्को लिंगको नयाँ साथी चिनायो भने हात नमिलाएर सिधै गालामा "किस" गरेर परिचय गरिने चलन छ ब्राजीलमा । बिश्वका अरु धेरै शहर जस्तो नयाँ मान्छेलाई यो मान्छे कुन "प्लानेट" बाट आएको होला जस्तो चाँही गरिदैन।
 
जीउ प्रती बढी "कन्सेस" भएर पनि होला यहाँ धेरैले कसरत गर्ने समुन्द्री तटमा ।
कम लुगा लगाएर समुद्र तटमा जानु पर्ने भएकाले "सोसियल प्रेसर" परेको पनि होला एक अर्का भन्दा राम्रो र फीट बन्ने । उसो त गोरा, काला, दुबै थरीमा मिक्स, लेबनान देखीका मध्यपूर्बका अरबी र जापानी मूलको झण्डै २० लाख जनसंख्या भएको ब्राजील आफैमा "बिबिधता को सुन्दरता" को अनुपम उदाहरण हो । दोर्सो बिश्व युद्द पछी जापानको बिकास हुँदै थियो तर केही जापानीहरु जापान भन्दा राम्रो भबिस्य देखेर ब्राजिल, अर्जेन्टीना लगायतका देश तिर लागेका थिए ।
 
जीउ बनाउने कुरा गर्दा सन २०१४ पछी ब्राजीलले अमेरीकालाई पछारेको छ "प्लाष्टीक सर्जरी" (अर्थात अपरेसन गरेर, शरीर थपघट गर्ने काम) मा । सायद यही भएर होला रियोका समुन्द्री तटमा देखिने धेरै महीलाहरु दीदी बहीनी हुन भने जस्तो – सबैको नाक, रुप, रंग र बनोट उस्तै ।
 
रियोको "कल्चर" कती "ओपन" छ भन्ने कुराको यससास मलाई रियो को एअर्पोर्ट बाटै भयो । अरु ट्याक्सीले ठग्छन भनेर मैले होटेल बाटै बूक गरेको गाडी मगाएको थिए। त्यसको ड्राइभर अमेरीकाको मायामी बसेर आएको रहेछ । मैले उसलाई “तेरो अंग्रेजी त राम्रो छ भनेर सोध्दा म अमेरीकामा काम गर्न गएको थिए” भन्यो । “किन फर्किस त धेरै अमेरीका नबसेर” भनेर सोध्दा "तीन महीना सम्म पनी एउटा “गर्ल फ्रेण्ड” बनाउन सकिन । तँलाई थाहा छ हामी त “केहरिओका" भन्ने जबाफ दियो उसले ।
 
माथी डाँडा बाट हेर्दा थुम्का जस्ता देखिने समुद्र बिचका स्याना स्याना पहाडहरु, पेलेले एक हजार गोल बनाएको माराकाना रंगशाला, समुद्र देखी माथी कोर्कोभाडो र सुगर लोभ पहाड सम्म जाने केबल कार, कहिल्यै नदेखिएका बिरुवा देखिने "बोटानिकल गार्डेन", सेतो छाल र हजारौं मान्छे जम्मा हुने कोपाकाबाना र इपानेमा जस्ता समुन्द्री तटहरु, रियोको प्रख्यात "कार्निभल" का लागी प्रतिस्पर्धा गर्ने साम्भा स्कूलहरु आदी रियोका आकर्षणहरु हुन ।
 
ब्राजीलको राजधानी ब्रासिलीयामा "आर्टीस्टीक ब्युल्डीङ्ग्स" बाहेक अरु खासै केही छैन भने रियोमा चाँही जे पनि छ खोज्नेका लागी । उसो त कोकिन, हिरोइन बेच्नेको पनि ठूलो माफीयाहरुका "ग्याङ्" छन रियोमा तर अक्सर माथी पहाड तिर "फाबेला" भनिने गरीब बस्ती भएका ठाँउमा यस्तो समस्या छ।
 
एउटा प्रसंग के भने अली धनी देशमा गरीबका छोरा-छोरी अक्सर हिरोइन र कोकिन आदी दुर्बेशन मा लाग्ने भन्ने डर भने गरीब देशमा धनीका छोरा-छोरीहरु यस्तो लत लाग्ला भन्ने डर ।
 
समुन्द्री तटका कुरा गर्दा दुर्बिन बोकेर मान्छे हेरेर रमाउने "ट्युरिष्ट" देखी समुद्रका छालमा “सर्फिङ्ग” गरेर रमाउने सम्मका धेरै मान्छेहरु भेट्टिन्छन तर रियोको कागती र "सुगरकेन को रम" बाट बनेको ककटेल "क्यैपीरिन्हा" बिश्वमा प्रख्यात छ ।
 
उसो त "इपानेमा बीच" का बारेमा "गर्स फ्र्म इपानेमा" भन्ने गीत पनि लेखिएको छ। मैले त्यही "बीच" मा हिड्डा हिड्डै "म्युजीक भिडीयो" को छायाँकन गरिरहेका र्यापर "वील आइ एम" को फोटो खिच्न पनि भ्याए ।
 
समुद्री सतहबाट ७१० मिटर उचाँई मा रहेको कोर्कोभाडो पहाड र त्यही पहाडको चुच्चोमा रहेको "क्राइस्ट दि रिडीमर" (अ र्थात दुई हात खुला पारेर उभिएको यसुको ठूलो मूर्ती) बिश्वका आश्चर्यहरुमा पर्छ । मोनो रेल र “एलेभेटर” बाट सिधै चुच्चोमा पुग्न सकिने यो पहाडको क्राइष्टको मूर्ती शहरबाट पनि देखिन्छ भने माथी क्राइस्टको मूर्ती नजिकै बाट हेर्दा आकाश को बादल हिनेर होला मूर्ती नै हिने जस्तो हुने भने माथीबाट रिओ शहर औंधी सुन्दर देखिने । यसरी नै दुई वटा ठूल्ठूला केबल कार चढेर अर्को पहाड सुगर्लोभ पनि हेर्न लायक छ रियोमा ।
 
रियोको कोर्कोभाडो र सुगरलोभ हेरेर मैले सोचे हाम्रो काठ्माण्डौंमा पनि माथी शिबपुरीको टुप्पोमा एउटा ठूलो शिबको मूर्ती बनाएर मोनो रेल वा केबल कारबाट जोडे कस्तो हुन्थ्यो होला? उसो त मलेशियाको लांकावीमा पनि यस्तै छ माथी डाँडा मा गएर "स्काइ पूल" हेर्ने ठाँउ तर त्यहाँ भने मूर्ती छैन ।
 
ब्राजील (र बाँकी कोलम्बीया) मा एमाजोन जस्तो ठूलो "रेन फरेष्ट" भएर होला रियोको प्रख्यात “बोटानीक गार्डेन” मा मौरी वा किरालाई आफ्नो फूल भित्र फसाएर मार्ने बिरुवा पनि देखियो । बोट बिरुवा पनि "मांसहारी" हुन्छन भन्ने सुनेको थिए, यही आएर प्रत्यक्ष देखियो ।
 
मलाई भने सबै भन्दा आकर्षक लागेको चाँही रियोका साम्भा नाँच देखाउने र रियोको “कार्निभल” का लागी प्रतिष्पर्धा गर्ने स्कूलहरु। धेरै होटेलमा पर्यटकलाई देखाउन साम्भा नाँचको पनि आयोजना गरिदो रहेछ । मलाई चाँही ५-१० हजार मान्छेलाई संगै राखेर यी साम्भा स्कूलहरुले कसरी नाँचको हाउभाउ, लगाउने "कष्ट्युम", गीत आदीको तालमेल गर्दा रहेछन त भनेर हेर्ने उत्सुकता थियो । उसो त ब्राजीलका "बेष्ट साम्भा डान्सरहरु" यिनै स्कूल मा भेट्टिन्छन ।
 
एउटा प्रख्यात साम्भा स्कूलमा गएर एकै चोटी ५-१० हजारले नृत्यको "रिहर्सल" गरेको हेर्दाको क्षण अती मनोरन्जनात्मक र अबिष्मरणीय रह्यो । साम्भाका "नायक-नायीका हरुले" उनको शरीर यती धेरै लचकताका साथ गीत र ड्रमको बोलमा हल्लाएको देख्दा हाम्रा नाँच त कती सजीला जस्तो भान हुने ।
 
रियो र सान पाउलो पछीको ब्राजीलको उत्तरमा रहेको एल्साल्भाडोर डी बाहीया भन्ने शहर ब्राजीलको पुरानो राजधानी हो भने अफ्रीका (बिशेष गरी अंगोला र कंगो) बाट कालाहरुलाई बन्धक बनाएर दासका रुपमा ल्याउने ब्राजीलको मुख्य केन्द्र बिन्दु बिगतमा यही शहर थियो। यहाँको “कार्निभल” पनि रियो जत्तिकै प्रख्यात छ तर एल साल्भाडोर डी बाहिया बाट ब्राजीलको "क्यापोइरा" भनिने युनेस्कोले "वर्ल्ड हेरिटेज" भनेको नाँच प्रख्यात छ ।
 
गीत र ड्रमको धूनमा "मार्सल आर्ट" का बिभिन्न पोज प्रस्तुत गरेर देखाइने यो नाँच लाई "युद्दको नाँच" पनि भन्ने गरिदो रहेछ। पहिले गोराहरुसंग बन्दुक हुने र दासहरु भाग्दा बचाउका लागी काला हरुले यो नृत्य आबिस्कार गरेका रहेछन ।
 
ब्राजील आफैमा ठूलो देश हो – भूगोल मा अमेरीका जत्तीकै ठूलो र बिश्वमा पाँचौ ठूलो देश र अर्थतन्त्रका आधारमा अमेरीका, इयु, चीन, जापान, र भारत पछीको ठूलो देश ब्राजील ।
 
एमाजोन देखी सान पाउलो सम्म हेर्ने थुप्रै शहर छन ब्राजीलमा । मलाई रियो पछी एउटा शान्त शहर जान मन लाग्यो, त्यो शहर थियो पारागुय, अर्जेन्टीना र ब्राजीलको सीमानामा पर्ने स्यानो शहर इग्वासु ।
 
पारागुयको सिमानामा सारा चाइनिज सस्ता सस्ता सामान पाइने भएकाले समेत अरु ब्राजीलका शहरबाट सामान किन्न यहाँ आउनेहरु धेरै फेला परे किन भने ब्राजीलमा बनाइने "इलेक्ट्रोनिक्स" देखी " छालाका उत्पादनहरु (जुन ब्राजीलको प्रख्यात मानिन्छन जस्तो की ब्राजीलियन जुत्ता) सबै चीनिया सामान भन्दा महंगा तर "क्वालिटी" चाँही ब्राजीलकै राम्रो ।
 
रियो बाट इग्वासु जाँदा प्लेनको टिकटमा मेरो नाम "तिमील्सिना बाट तिमील्सिनो" बनाइएको रहेछ । "तिमील्सिनो, तिमील्सिनो" भने पछी काउन्टर पुगेर मेरो नाम त "मिस्टेक" भए छ भनेको तर पछी थाहा भयो, पोर्तुगिज मा पछाडी "आ" आए उनीहरु "ओ" लेख्दा रहेछन । त्यसैले तिमील्सिनो भएछ मेरो नाम ।
 
इग्वासुमा मैले तीन वटा आकर्षक कुरा देख्न पाए । पहिलो, करीब पाँच हजार भन्दा बढी प्रजातीका चराहरु एउटा ठूलो जंगलमा बनाइएको चराको पार्कमा देख्न पाइने । । मैले संसारका सबै भन्दा साना बाँदरहरु पनि ब्राजीलको जंगलमा देखे । पछी "एनिमेसन मुभी" रियो हेर्दा मैले यही पार्कलाई घरी घरी सम्झिए — ब्लु प्यारोटको रियो यात्रा, बाँदरहरुले घडी चोरेको आदी ।। उसो त रियो २ होईन कि रिओ (पहिलो) मूभी मलाई "इन्क्रेडिबल" पछीको मन पर्ने मुभी हो “एनिमेसन क्याटगोरी" मा ।
 
दोर्सो कुरा "इक्वासु फल" न्यु वर्कको नायग्रा फल भन्दा आकर्षक लाग्यो मलाई । अर्जेन्टीना तिर बाट आउने यो झरना एउटा मात्रै झरना होईन ।करीब एक हजार भन्दा साना ठूला झरनाहरु छन – जता हेर्यो झरनै झरना । स्वर्ग को टुक्रा जस्तो । यीनीहरुलाई बिश्वमै सबै भन्दा धेरै पानी बोकेका झरना मानिन्छन ।
 
तेस्रो, "इटाइपु बाइनेसनिअल" भनिने बिश्वको सबै भन्दा ठूलो जल बिध्दुत योजना जो पारागुय र ब्राजीलको सीमानामा संयुक्त लगानीमा बनेको योजना हो । यो योजनाले परागुयको बजेटको २० प्रतिसत धान्छ भने पारगुयको ७५ प्रतिसत र ब्राजीलको १७ प्रतिसत बिजुली आपूर्ती गर्छ । सन १९७४ मा सुरु गरेर १९८४ मै बिजुली उत्पादन सुरु गरेको यो परियोजना बिश्व बैंकको ॠण र अरु दुबै सरकारको लगानी बाट झ ण्डै २० अरब डलर मा बनेको हो ।
 
२०० मिटर उचाँई र २९ बर्ग किमी क्षेत्रफल रहेको इटाइपु बांधमा ७०० मेघावाट उत्पादन गर्ने २० वटा युनिट छन र कुल उत्पादन क्षमता १४ हजार मेगावाट (१४ गिगा वाट) छ। दुबै देशले यो उत्पादन आधा-आधा बाँडेका छन । अमेरीकी सिभिल इन्जिनिएरबाट बिश्वको आठौं आश्चर्यको उपमा पाएको यो परियोजना हेरे पछी मैले यसो सोचे – आखिर एक देश ल अर्को देशलाई ठग्ने मनसुवा नभएर एक अर्काको सार्बभौमीकता लाई "रेस्पेक्ट" गरेर बराबरी हैसियतमा दुबै देशले मिलेर बनाए त हुने रैछ त ?
 
हाम्रा पनि पंचेस्वर देखी कर्णाली सम्म यस्तै परियोजना अलपत्र छन । ठूलो लगानी भित्र्याएर दुबै देशको हित हुने गरी नेपाल र भारत वा नेपाल र चीनले वा तीन वटै देशले लगानी गरेर अन्तराष्ट्रीय परियोजना बनाउन सकिने प्रसस्त सम्भाबना रैछ त ?
 
ठूलो देश ब्राजीलले सानो देश प्यारागुयलाई बराबरी हैसियतमा संयुक्त लगानी र उत्पादनमा सह-कार्य गर्न सक्ने हामी कहाँ किन सँधै भारतबाट ठगिने अवस्था आउने ? हाम्रो कमजोरी र भारतको बल मिचाँइ दुबै दोषी छन । हामी समस्या को समेत खुलेर भारत संग बहस गर्न सक्दैनौं सरकारमा जाने वा ढल्ने खेल बिगृने राजनैतीक स्वार्थले।
 
अन्त्यमा, लुला (अर्थात लुइज इनासिओ लुला डा सिल्भा) सन २००३ देखी २०११ सम्म ब्राजीलको राष्ट्रपती बने । गरीबी का कारण सानो छँदा पढ्न नपाएका र सानोमा जुत्ता पालिस गरेर गुजारा चलाएका लुला पछी कामदारहरुको नेता बने भने उनी ब्राजीलका सबै भन्दा लोकप्रिय नेतामा गनिन्छन ।
 
लुलालाई ब्राजीलको गरीबी घटाउने र त्यहाँको उच्च आर्थीक बृद्दीदर कायम गराउने नेता को रुपमा लिइन्छ । उनी पछी उनकी अर्थ मंत्री डिल्मा रुसेफ राष्ट्रपती बनिन । तर अहिले लुला र डिल्मा बिरुद्द ब्राजीलमा भ्रष्टाचारको छानबिन चलिरहेको छ ।
 
मैले २०१२ मा ब्राजीलमा एक अन्तराष्ट्रीय भ्रष्टाचार बिरोधी सम्मेलन हुँदा त्यो सम्मेलनको उद्घाटनमा आएकी डिल्मालाई नजीक बाट देखेर फोटो खिच्ने मौका पाएको थिए । बाहिर बाट हेर्दा धेरै "ग्रेसियस" लाग्थ्यो । तर फिलिपिन्सकी राष्ट्रपती एरोयो र ब्राजील कि डिल्माका भ्रस्टाचारका मुद्दाले "महीला पुरुष भन्दा कम भ्रस्टाचारी हुन्छन" भन्नेलाई चुप बनाइ दिएका छन।
 
आखिर के महीला के पुरुष, राजनीती त राजनीती नै हो। हाम्रै दक्षीण एशीयामा महीलाहरु सत्तामा गएको उत्तम इतिहास छ – जस्तो कि भारतमा इन्दिरा गान्धी, श्री लंकामा चन्द्रीका बनदरानाइके र सिरिमाभो बन्दरानाइके (आमा-छोरी), पाकिस्तानमा बेनजिर भुट्टो र बंगलादेशमा शेख हसीना र खालेदा जिया शासनमा बसेकै हुन तर दक्षीण एशीया मै लैंगीक असमानता बिकासको मुख्य बाधक छ ।
 
तसर्थ, पुरुष या महीला जो ले लैंगीक समानताका बारेमा काम गर्छ त्यही नेता राम्रो । महीलाको हकका लागी महिला नै चाहिने वा आर्थीक हिना मिना महिलाले गर्दैनन भनेर कोषाध्यक्ष पद महीलालाई दिने चलन बदेलिनु पर्छ । अस्तु !!! (लेखकको  फेसबुकबाट साभार)