मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

ग्रिनकार्ड र पीआर लिने नेपाली प्रति राखिएको व्यवस्था प्रतिगामी छ

ग्रिनकार्ड र पीआर लिने नेपाली प्रति राखिएको व्यवस्था प्रतिगामी छ


नेपालको संविधानले दोहोरो नागरिकतालाई स्विकारेको छ, यो विदेशमा बस्ने नेपालीका लागि सकरात्मक भए पनि तर, यो आंशिक उपलव्धिमात्र भएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय सदस्य तथा कानुन व्यवसायी खगेन्द्र जीसीको धारणा छ । 
 
विदेशमा स्थायी बसोबास गर्न चाहिने अमेरिकामा ग्रिनकार्ड अन्य देशमा पीआर लिने प्रति नेपाल सरकारले लिएको कदम प्रति जीसीको असन्तुष्टि छ । नेपालको संविधान तथा नागरिकता सम्बन्धी एनआरएनए कार्यदलका सहअध्यक्ष समेत रहेको जीसी भन्छन् , ग्रिनकार्ड वा पीआर भनेको विदेश आउन जान र स्थायी बसोबास गर्नका लागि मात्र हो, पासपोर्ट नेपालकै हुन्छ यस्तो कार्ड लिए भन्दैमा सरकारले नेपालीलाई विदेशी नागरिक जस्तो गुर्न प्रतिगामी मुभमेण्ट हो । 
 
ग्रिनकार्ड र पीआर लिनेलाई कुनैपनि सरकारी नियुक्त लिन नपाइने सम्मको व्यवस्था छ । हालै आएको शिक्षा ऐनमा शिक्षकले ग्रिनकार्ड र पीआरका लागि सहभागी समेत हुन नपाइने अनुदार व्यवस्था गरिएको छ । सस्तो लोकप्रियताका लागि सरकारका जिम्मेवार पदाधिकारी र राजनीतिक नेताले सर्वसाधारणलाई वहकाएका हुन् जीसी भन्छन् पीआर र ग्रिनकार्ड लिनेलाई गरिएको व्यवस्था संविधान र कानुन संवत पनि छैन यसलाई अदालतमा लगेर चुनौती दिनु पर्छ । 
 
नेपाल अधिराज्यको संविधानमा विदेशमा बस्ने नेपालीलाई एनआरएन नागरिकता दिने उल्लेख छ । यस्तो नागरिकतामा राजनीतिक अधिकार भने दिइएको छैन । दोहोरो नागरिकताका लागि नियमावली पनि वनिसकेको छैन् । एनआरएन कार्डको व्यवस्था गरिएको भए पनि यो केही झण्झटिलो छ ।
 
हाल ३० लाख भन्दा बढी नेपाली विदेशमा (भारत बाहेक) वस्छन् । उनीहरूले विदेशबाट पठाउने पैसा रेमिट्यान्स देशको विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत हो । यो घट्ने हो भने देशको अर्थतन्त्र धरासायी हुने अवस्था छ । रेमिट्यान्सले गर्दा नै नेपालले निकै ठुलो व्यापार घाटा धान्न सकेको छ । राजस्व उठ्ती र सरकारी कर्मचारीले पाउने तलबको मुख्य स्रोत पनि रेमिट्यान्स हो । 
 
एमालेका नेता तथा तत्कालीन समान्य प्रशासन मन्त्री लालवावु पण्डितले पीआर र ग्रिनकार्ड लिनेप्रति सस्तो लोकप्रियताका लागि चर्को भाषणबाजी गरेका थिए । केहीले उनलाई वाह वाह पनि गरेका थिए । अहिले विदेशी आएर काम गर्न सक्ने स्थानमा समेत पीआर र ग्रिनकार्ड लिने नेपालीलाई वन्देश लगाइएको छ । 
 
भारतमा रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रधुराम राजनसंग ग्रिनकार्ड भएको संचारमाध्यममा आएको थियो, जीसीले भने उनलाई अहिलेसम्मकै सफल गभर्नर भनिन्छ, भारतमा रिजर्भ बैंक जस्तो जिम्मेवार निकायमा ग्रिनकार्ड लिएको व्यक्तिले नियुक्ति पाउन सक्छन् तर, नेपालमा वन्देज लगाउनु हास्यास्पद हो । अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा जाँदा उनको भ्रमणदलमा सहभागी वरिष्ठ अधिकारी भारतीय मूलकै थिए जीसीले उदाहरण दिए, यी उदाहरणले पनि नेपालमा पीआर र ग्रिनकार्ड लिने प्रति राखिएका प्रावधान संकुचित मानसिकताको उपज हो, हामी अघि होइन पछि फर्किरहेका छौँ ।  
 
पीआर र ग्रिनकार्ड लिएर दुरुपयोग गर्ने एकादुई नेपाली होलान् यही आधारमा ३०, ४० लाख नेपालीको अधिकार खोसेर अन्याय गर्नु दिनु हुदैंन जीसीले भने अहिलेको प्रतिगामी व्यवस्थालाई हटाउन अदालतमा चुनौती दिनु पर्छ । पीआर वा ग्रिनकार्ड एउटा सुविधा मात्र हो, यो सुविधा पाउने नेपालको पासपोर्टमै यात्रा गर्छन् यस्ता नेपाली कसरी विदेशी हुन्छन् जीसीको प्रश्न छ । अमेरिकाको न्यूजर्सीमा हुने नवौँ एनआरएन क्षेत्रीय सम्मेलनमा यो मुद्दामा पनि छलफल हुने जीसीले बताए । 
 
हामी विदेशमा बस्ने नेपालीको माग त अहिले भइरहेको नेपाली नागरिकताको निरन्तरता नै हो, जीसीले भने राजनीतिक अधिकार नहोस ठिकै तर नागरिकता ऐनमा विशेष व्यस्था गरेर भए पनि अहिलेको नागरिकतालाई निरन्तरता दिईनु पर्छ । 
नवौँ एनआरएनए क्षेत्रीय सम्मेलन अगष्ट २७ र २८
न्यूजर्सीमा हुने एनआरएन भेला विदेशमा बस्ने नेपालीले भोग्दै आएका एजेण्डाहरुमा छलफल केन्द्रित हुने जीसीले बताए । प्रत्येक दुई दुई वर्षमा काठमाडौमा हुने एनआरएन विश्व सम्मेलनमा अधिकांशको ध्यान नेतृत्व चयनको चुनावमा जाने धेरैले महसुस गरेकाले पनि न्यूजर्सी भेला एजेन्डा केन्द्रित हुने उनको आशा छ । उक्त भेलाको मुख्य एजेण्डा एनआरएन भिजन २०२० एण्ड विओण्ड राखिएको छ । यो मुख्य एजेण्डाको उद्देश्य नेपाली नागरिकताको निरन्तरताका लागि माग मात्र गर्ने नभई विदेशमा बस्ने नेपालीले विश्व मञ्च र देशमा कसरी अझ प्रभावकारी रूपमा काम गर्न सकिन्छ, यसबारेमा छलफल गर्नु हो ।
 
एनआरएनले भारतले गरेको नाकाबन्दीका वेला यस विरुद्ध विभिन्न देशमा प्रर्दशनहरु गरी नेपाललाई भएको अन्यायलाई विश्वव्यापिकरण गरेको थियो । यस्तै एक वर्ष अघि महाभुकम्प जाँदा उद्धार र राहतकार्यमा सक्रिय सहभागिता जनाएको थियो । यी कार्यको देश र विदेशमा प्रशंसा समेत भएको थियो । देशलाई परेको वेला गर्ने एनआरएन रहेछन् भन्ने यी कार्यले पनि पुष्टि गरेको छ जीसीले भने । 
 
विगतमा हामीले एक पटकको नेपाली सधैंको नेपाली र नेपालका लागि नेपाली भन्ने एजेण्डाहरु ल्यायौ, संविधानले दोहोरो नागरिकतालाई स्विकार्नु यसकै नतिजा हो, नेपालमा एनआरएनको लगानी पनि बढ्दो क्रममा छ यसमा हामी सफल पनि भयौँ जीसीले भने तर, ७० भन्दा बढी देशमा फैलिएको एनआरएनले एक भएर अझै विकास निमार्णमा जट्न सक्यो भने यो देखिने हुन्छ । नेपालमा व्यक्तिगत रूपमा एनआरएनको लगानी त भएकै छ तर, यो देखिएको छैन जीसीले भने धेरै जना मिलेर अझ ठुलो लगानी गर्न सकियो भने देखिन्छ पनि । 
 
बरिष्ठ अधिवक्ता खगेन्द्र जीसी
तर, देश विकास पैसाले मात्र हुन्छ भन्ने होइन, नेपाल पैसा नभएर मात्र पछाडिपरेको पनि होइन जीसीले भने विकासका लागि दक्ष जनशक्तिपनि जाहिन्छ । अहिलेसम्म विदेशमा दक्षता हासिल गरेका नेपालीलाई देश भित्र उपयोग गर्ने वातावरण छैन, कयौँ विदेशमा विषयगत दक्षता हासिल गर्नेहरु नेपालमा पनि केही गर्न चाहन्छन तर, कसरी त्यहाँ जाने वा प्रवेश गर्ने प्रकृया छैन, जीसीले भने सरकारले दक्ष विदेशमा बस्ने नेपालीबाट देशको विकासमा फाइदा लिने वातावरण बनाउनु पर्छ, हामी अव यो पनि माग गर्छौ । अहिले एनआरएनका एजेण्डा भनेका यिनै विषय हुन् । यसमै छलफलहरु बहस केन्द्रित गर्नु पर्छ भन्ने मलाई लाग्छ लामो समय देखि न्यूओर्कमा कानुन परामर्श दिइरहेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष समेत रहेका जीसीले भने । 
 
सन् २००३ मा गठन भएको एनआरएनले सुरु देखिनै नेपाली नागरिकताको मुद्दालाई उठाउंदै आएको छ । यसवोहक नेपालमा एनआरएनको लगानी बढाउन पनि अभिप्रेरित गरेको छ । एनआरएनको नेपालमा अहिले शिक्षा, सञ्चार, स्वास्थ्य, होटल, जलस्रोत लगायतका क्षेत्रमा अरर्बो लगानी पनि छ । अगष्ट २७ र २८ मा राखिएको न्यूजर्सी सम्मेलनमा नेपालका तीन जना अरब पति विनोद चौधरी, उपेन्द्र महतो र शेष घले सहभागी हुने कार्यक्रम छ ।