मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

यात्रा संस्मरण

यात्रा संस्मरण


मे ६ र ७ मा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को पाँचौ महाधिवेशन हलिउड शहरमा सम्पन्न भयो । अधिवेशनका लागि नेजाले विधिवत रुपमा करिब दुई महिना अगाडिनै सदस्यता वितरण आव्हान गरेको थियो । नेपाल र यता अमेरिका आएपछि पनि मूलधारका नेपाली पत्रपत्रिकाहरु एवं अनलाईन खवरहरुमा लेखिरहने कारण हामी केहि साथिहरु नेजाको उक्त कार्यक्रम प्रति ज्यादै उत्साहित थियौं । त्यसोहुँदा समयमै नेजाको सदस्यता लिएर नेजाका लागी हामीले लस एन्जलसको सिट वुक गर्यौं । मे ६ तारिक लसएन्जलसको समय अनुसार वेलुका करीव ७ वजे उत्रिएका हामीहरु व्यवस्थापक र स्थानीय साथिहरुको सहयोगमा सजिलै कार्यक्रमस्थल पुग्यौं । 
 
अमेरिकाका अन्य स्थानहरुवाट पनि साथिहरु आउने क्रम जारी नै थियो । उदघाटन समारोह मे ७ मा हुने उदघाटन समारोहका लागी हामी नयाँ साथिहरु शुरुमै उत्साहित थियौ । त्यसका लागी व्यवस्थापन पक्षले हामीहरुलाई केहि जिम्मेवारी पनि दिन्छ कि ? भन्ने आशा धेरै साथिहरुमा थियो । तर त्यसको छनक कतैवाट पाइएन । फेरि कार्यक्रम पनि स्थानीय समय अनुसार वेलुका शुरु हुने रहेछ । अव हामीसँग दिनभरको समय खालि थियो । हुनत व्यवस्थापनले उक्त दिन लसएन्जलसका विभिन्न स्थानहरु घुमाउने योजना वनाइएको थियो । तर गाडिको अभावमा सवै साथिहरुले भने उक्त अवसर पाएनन । म, भोजवहादुर वलायर र डि.सी. क्षेत्रका सुनिलमणि दाहालको मनमा थियो कि यो खाली समयको उपयोग गर्नेतिर लाग्नुपर्छ । किन जम्मा भएका साथिहरुको बीचमा नै पत्रकारको सुखदुखका वारेमा अन्तरक्रिया कार्यक्रम नचलाउने ? कसैकसैले जुक्ति ननिकाल्या पनि हैन । हुन पनि हाम्रा सामु तारा वराल दाजु, योगश उपाध्याय दाजु अनि नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष महेन्द्र विष्ट जस्ता द्धिग्गजहरु छदै थिए । उता नेपालमै अर्थ पत्रकारितामा दिग्गज ठहरिएका पत्रकार तथा लेखकहरु विजय घिमिरे, रामचन्द्र भट्ट अनि तोया दाहाललाई पनि हामी उपयोग गर्न सक्थ्यौ । यसका लागी हामीले केहि प्रयास गरयौ तर सुनुवाई भएन । 
 
सायद साथिहरु रमाइलोको मूडमा थिए “घुमघामको कार्यक्रम छ अहिले मिल्दैन” भन्ने ठाडो जवाफ शिवाय कतै कहिवाट केहि पाइएन । मे ७ को दिनभरको समय हामी साथीहरुमा उहि हलिउडको डाडा वरपर नाच्ने, फोटो खिचाउने, फेसवुकमा अपलोड गर्ने र लाइक गन्ने काम सिवाय केहि हुन सकेन ।
 
वेलुकी करिव ८ वजेवाट कार्यक्रम शुरु भयो । तत्कालिन महासचिव तथा वर्तमान अध्यक्ष उदघोषक थिए । शुरुमा कार्यक्रम आकर्षक थियो । तर कार्यक्रम जति जति लम्विदै गयो उति उति वेस्वादिलो हुँदैगयो । उदघाटन समारोहमा पानसको वत्ति वालिनु, वक्ताहरुवाट मन्तव्य राख्नु त भैरहेका कार्यहरु हुन तर आसन ग्रहण कार्यक्रमले चाहि हामी केहि साथिहरु वाल्लै परियो । मन्चमा झन्डै डेढ दर्जन भन्दा वढि त आशिननै थिए । उता कार्यक्रम स्थलको दुई रोमा पनि आसन ग्रहण गराउदा भने रमाइलै देखियो । कार्यक्रमको शुरुवात देखि कार्यक्रमको लगभग विच भाग सम्म उद्घोषक भोला आचार्य वेला वेलामा आसनग्रहण गराउन मै व्यस्त थिए । आसन ग्रहण कार्यक्रमको अन्त्यमा आइपुग्दा त यस्तो लाग्थ्यो कि आसन ग्रहण गर्ने व्यक्तिहरु र अन्य व्यक्तिहरु उति उति नै छन कि क्या हो । 
 
उक्त कार्यक्रम अवधिभर वर्षभरि अमेरिकामा विना पैसा सूचना सम्प्रेषणका लागी रातो दिन खटने साथिहरुका लागी पनि नेजाले केहि वोल्छ भनि आश गर्ने साथिहरु प्रसस्तै थिए । तर कार्यक्रम सकिन लाग्दा सहयोगीहरु खोजी खोजी प्रमाणपत्र दिन जान्ने नेजाले राम्रा राम्रा लेख अनि समाचार लेख्नी साथिहरुको लागी प्रमाणपत्र दिनु त परै जावोस एक शव्द वोल्न पनि जानेन । वन्दसत्र कुनै पनि संस्थाको वन्द सत्र भित्र संस्थाको नितिगत तहका कुराहरु हुने गर्छ । जस भित्र आर्थिक र आगामी रणनितिका चाहे त्यो नेतृत्व होस वा अन्य तहका कुराकानी पर्छन । लसएन्जलसको पशुपति फाउन्डेसमा यो कार्यक्रम शुरु गरिएकोमा हामी साथिहरु ज्यादै उत्साहित थियौ ।
 
कार्यक्रम निकै शौहादपूर्ण वातावरणमा सम्पन्न हुदै थियो । नेजाका गौतम दाहाल, मधुकर अधिकारी, सुदिप पन्त र विटु के.सी. को प्रस्तुति जमेको थियो तर विद्यान संशोधनको कुरा जव सामुन्ने आयो विवाद निस्कियो र नराम्रो संग तन्कन गयो । उक्त विवाद हल गर्नु साटो केहि नेतृत्वमा वस्नेहरुले लम्वाएको देखियो । हुनत नेजाको विधानत कुन कुरा लेख्न हुने र कुन कुरा लेख्न नहुनेमा म जानकार छैन तथापि म यति भन्न सक्छु जे कुरा भयो राम्रो भएन । नेतृत्व दावि गर्नेहरुले नेतृत्व दावि गर्नका कारण र नेतृत्व लिए पछिका कार्यक्रमहरु प्रष्टाउनै सकेनन अझ भनौ दिइएन । मूलत सवैको ध्यान नेतृत्वका लागी नेतृत्वमा केन्द्रित भयो, जुन सरासर गलत थियो ।
 
अन्त्यमा, भन्नै पर्दा हरेक दुई दुई वर्षमा हुने नेजाको अधिवेशन यस पटक पनि सकियो – सकाइयो । तर यहि बुद्धिका भरमा नेजा अगाडि जाने हो भने यो संस्थामा जित्नेले ठूलो भाग पाएको र हार्नेले गुमाएको ठान्नु वेकार छ । किनकि दश वर्षको पुरानो संस्था भनिएता पनि नेजालाई सुधार्नु पर्ने कार्यहरुको फेरिहस्त लामै हुन सक्छ । नेजालाई उत्तर अमेरिकाका पत्रकारहरुको साँच्चै साझा स्थल वनाउने हो भने स्वस्थ वहसको, पत्रकार लछित् कार्यक्रमहरुको अनि वौद्धिकताको खाचो छ । आशा गरौ आगामी दिनमा यस्मा वर्तमान नयाँ कार्यसमितिले अवश्य सुधार गर्नेछ ।