करिब ५० बर्षअघि भूपी शेरचनले "घुम्ने मेचमाथि अन्धो मान्छे " युगान्तकारी कविता लेखे । त्यो माध्यमिक तह देखि उच्च शिक्षा सम्म सबैले घोक्दै आएका छन् । त्यो कविता अन्धाहरुको आँखा उघार्नको लागि पाठ्यक्रममा राखिएको थियो,तर प्रमाणपत्रको माला लगाउन मात्र प्रयोग हुँदै आएको छ । अन्धाहरु त झन् अन्धा भएका छन् भन्ने हजारौं उदाहरण मध्ये एउटा सानो उदाहरण –
गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थल,निजगढ अन्तरराष्ट्रिय बिमान स्थल,पोखरा अन्तरराष्ट्रिय बिमान स्थल, निजगढ-काठमाडौँ द्रुत मार्ग ,हेटौडा -काठमाडौँ टनेल राजमार्ग, मेची महाकाली रेल मार्ग बनाउन थालि हाल्ने टुक्का मैनै पिच्छे सुन्ने गरेको १० बर्ष हुन लाग्यो । हिजो एउटा खबरपत्रमा पढ्न पाईयो कि – " गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थलको निर्माण कार्य ढुंगा गिट्टी वालुवाको कारणले रोकिएको छ "
बिदेशी ठेकेदारलाई जिम्मा दिदैमा छु मन्तर हुने हो र ! खै दुरदृष्टि, खै ईच्छा शक्ति , खै प्रतिबद्दता र गृहकार्य । रतुवा, कमलामाई, मनहरी ,तिनाउ ,राप्ती बबई र कर्णाली जस्ता नदी बाट झिकेर मात्र निर्माण सामाग्री पक्कै पुग्ने छैन । बालुवा र गिटी झिक्दा झिक्दा पुलहरू धरापमा परिसकेका छन् ।
आँट गर्नु पर्यो ! उपायहरु थुप्रै छन्।
एक मैना गृहकार्य गरेर, अर्को मैनाबाट काम थालेर, २५ बर्षमा पूर्ण हुने, मौजुदा बजेटबाट सुरु गर्न सकिने, तेस्रो महिना बाटै काम देखिने, अनि प्रतिफल सुरु भैहाल्ने, बहुमुखी परियोजनाहरु मेची देखि महाकाली सम्म ५ / ७ ठाउँमा सुरु गर्न सकिञ्छ।
ती मध्येको एउटा यो परिकल्पना पढ्नुहोस अनि मेचमाथि बस्नेअन्धा हरुलाई सबै मिलेर घच्घच्याउन पर्यो, तैपनि चीर निन्द्रा बाट ब्युझिएर आँखा खोल्छन् कि ! सास छइन्जेल आश हुञ्छ भन्छन !
के गर्नु पर्ला त !
१ – बिदेशी फ्याउराहरु(जो पर्याबरणको नक्कली नारा दिएर अप्रत्यक्ष तरिकाबाट नेपालको बिकाश रोक्न चाहान्छन् ) को कुरा एउटा कानले सुन्ने अर्को कानले उडाउने, किनकि उनीहरुको देशका सयौं स्थानमा यस्ता काम भैसकेका छन् ।
२ – खानि पहिचान भएका छेत्र बाहेक सम्पूर्ण खाली भूभागमा जनसहभागिता जुटाई अभियानको रुपमा व्रिक्ष (बिरुवा ) रोपण गर्ने ।
३ – पृथ्वी राजमार्गको हुग्दी खोलाको मुहान तर्फ बाट र पूर्व पश्चिम राजमार्गमा पर्ने रत्ननगर टाँडी बजारबाट करिब १२ किमि उत्तर तिर बस सेवा चलि रहेको ठाउं चितवनको शक्तिखोर हुंदै वग्ने पूर्व पट्टिको कायर खोला देखि उत्तरको अग्लो ढुंगे पहाड (जो हुग्दी खोला बाट सबै भन्दा छोटो दुरीमा पर्छ ) को फेदीबाट फुटाऊन सुरु गरी ढुंगा, बालुवा,गिट्टी ,माटो ,चुन ढुंगा आदि क्रसर प्लान्ट हरु राखेर उत्पादन गरि बेच्ने काम सुरु गर्ने। चितवन,मकवानपुर र नवलपरासीको पुर्बी भाग ,धादिंग, गोर्खा, तनहुँ को पुर्बी भाग नुवाकोटको दक्षिण र काठमाडौँ उपत्यकाका खोला र सानातिना खानीबाट बालुवा, ढुंगा,गिट्टी निकाल्न पूर्ण प्रतिबन्ध लगाउने। २ बर्ष भित्र माथि उल्लेख गरिएको क्षेत्रका सबै क्रशर उद्योगी हरुलाई खोलाका किनारमा लामा र सम्भब भए सम्म चौडा प्लेटफर्म बनाईढुंगा गिट्टी बालुवा उत्पादनमा उत्साह जनक ढंगबाट परिचालन गर्ने ।
४ चौथो बर्ष भित्र शक्तिखोर -जगतपु -माडी-ठोरी सडकलाई बलियो र कम्तिमा २ लेनको बनाउने ।
५ चौथो वर्ष सम्ममा खानी क्षेत्र भित्रका पातला बस्तीहरुलाई उचित सम्मानका साथ आसपासका क्षेत्रमा पुर्वाधार बनाई स्थानान्तरण गर्ने।
६ -पाँचौं बर्षबाट अधिकतम मात्रामा ढुंगा ,बालुवा ,गिट्टी, माटो उत्पादन गर्ने र उत्पादन भएको ढुंगा, बालुवा ,गिट्टी, माटो लाई नेपाल भारत सिमा क्षेत्र ठोरीमा उचित ब्यबस्थापन गरि भारतीय बजारमा न्युनतम नाफा मूल्यमा बिक्रि गर्ने । त्यहि उत्पादन बाट ( हेटौडा – दाउन्ने) पूर्व पश्चिम राजमार्ग कम्तिमा ६ लेनको बनाउने,तेस्तैगरि मध्य पहाडी राजमार्गको पाटीभज्याङ्ग देखि पोखरा सम्म कम्तिमा ४ लेन बनाउने , पूर्व पश्चिम रेल मार्गको सिमरा-तमसरिया खण्डको ईमब्यांकमेन्ट तयार पार्ने, केरुङ्ग -त्रिशुली – (टोखा टनेल)-काठमाडौँ तथा त्रिशुली -गल्छी- हुग्दी खोला-मुग्लिङ्ग – दमौली – पोखरा रेल वे एलाईमेन्ट (पृथ्वी राजमार्गको पारी पट्टिको किनार बाट ) ट्रयाक तयार गरि आबस्यक ढुंगा गिट्टी बालुवा ठाउं ठाउंमा थुपार्ने, हेटौडा देखि दुम्कीबास सम्मका खोलानाला को तटबन्धन गर्न चाहिने जति ढुंगा बालुवा गिट्टी माटो पनि खोलाका किनारमा ब्यबस्थित तरिकाबाट थुपार्ने।
७ – १२ वर्ष सम्ममा ठोरी- शक्तिखोर ( चुरेमा टनेलिंग गरेर) सबै भन्दा छोटो दुरीको रेल्वे र ६ लेनको हाइवे निर्माण गरि सक्ने (२५ बर्ष पछि चिन र भारत जोड्ने सबैभन्दा सजिलो रेल तथा सडक मार्ग यहि हुने छ ) ।
८ – रेल्वे जोडीए पछि बस्तुको मूल्य आबस्यकता अनुसार परिमार्जन गरि ठुलो परिमाणमा भारतीय बजारमा टाढा टाढा सम्म पठाई ठुलो धनरासी प्राप्त गर्न सकिने छ ।
९ – १८ बर्ष सम्ममा हुग्दी खोला देखि शक्ति खोर सम्मको ढुंगा माटो झिकीई सक्ने छ । त्यो बेला सम्म केरुङ्ग- त्रिशुली –ढिकुरेबजार-छहरे-काठमाडौँ अनि त्रिशुली-गल्छी–हुग्दिखोला-मुग्लिङ्ग-दमौली-पोखरा रेलमार्ग र मेची महाकाली रेलमार्गको बर्दीबास-सिमरा-ठोरी–माडी-तमोर ताल-तमसरिया-लुम्बिनी खण्डकोको ट्रयाक तयार गरि सक्नु पर्ने छ ।
१० – समयको त्यो बिन्दुमा पुग्दा माथि भने बमोजिम हुन सकेमा ,हुग्दी खोला शक्तिखोर वाईपास बाट हाईड्रो पावर निकाली कायर खोला बाट आबस्यकता अनुसार पूर्व र पश्चिम नहर बनाई बाँकि पानी राप्ती हुँदै नारायणीमा निकास गर्न कुनै मुआब्जाको फन्दामा पर्नु पर्ने छैन । शक्तिखोर -हुग्दी खोला रेल तथा सडक मार्ग पनि यही वाईपासबाट जोडिने भै हाल्यो ।
११- वाई पास का दुवै तर्फ का स्लोप मा ३०० देखि ४०० मीटर फराकिला बेन्चिंग गरि विरुवा रोपण गरि हराभरा बनाएर स्टेवल भैसके पछि २५ सौ बर्षमा यातायातको व्यवस्था गरि रिसोर्ट र बस्ति बसाली पर्यटनको आकर्षण केन्द्र बनाउने ।
१२- राप्ती र नारायणी नदि किनारका जोखिममा भएका बस्तिहरु लाई यो नब निर्मित क्षेत्रमा सार्ने ।
१३ -१५ औं वर्ष तिर पुगे पछि मात्र पैसाको लागि देश बिदेशमा भएका नेपाली हरुलाई आह्वान गरे पैसाको दुख पर्ने छैन। त्यो भन्दा अघि पैसाको कुरा गर्दा लगानी कर्तालाई पूर्ण विश्वास नहुन सक्छ ।त्यो अबस्थामा बिदेशी लोन लिनै परे पनि सजिलो हुने छ ।
१४ – अब १८ औं बर्ष पछि , रेल्वे का ट्रयाक ,हाईड्रोपावर निर्माण स्थल ,निर्माण सामग्री , पैसा तयारी अबस्थामा हुनेछन , केहीको कमि हुने छैन ।
१५ – ७ वर्षमा बिधुतीय रेल मार्ग निर्माण ,हाईड्रोपावर निर्माणको कार्य सम्पन्न गरि आजको २५ बर्ष पछि बिधुतीय रेलबाट केरुङ्ग – काठमाडौँ- ठोरी- पोखरा- लुम्बिनी- सिमरा-बर्दिबास यात्रा गरौँ ।
१६ – यस्ता कामहरु तत्काल थाल्न नेपाली सेनामा छुट्टै निर्माण बटालियन (सुरुमा १००००० जवान ) गठन गरि देशका विभिन्न भागमा शाखा खोलि तीनका परिवारलाई पनि क्याम्प भीत्रै साना उधोग खोलि रोजगार दिने ,बच्चाहरुकोलागी राम्रो स्कुल ,औषधालय आदि को व्यवस्था मिलाउनु पर्छ ।यो सेना लडाईंमा होइन निर्माणमा मात्रै खटिने हुनाले भर्नाको मापदण्ड खुकुलो बनाई अरब र मलेसियामा कडा परिश्रम गरिरहेका युबाहरुलाई समेट्न सक्ने खालको हुनु पर्छ । राजमार्ग ,रेल मार्ग , अरु आयोजनाहरुको निर्माणस्थल जाने मार्गको ट्रयाक खोल्ने काम र निर्माणस्थलको तयारी गर्ने काम यो सेनाबाट गराए पछि मात्र निर्माण व्यवसायीहरुलाई लगाउनु पर्छ । नेपाल राष्ट्र ब्यांकमा पैसा खर्च हुन नसकेको यो आबस्थामा शुभ कार्य थाल्न भद्रो हेर्न पर्दैन। यस्तो गर्न सके रोजगार सृजनाभै विदेशिनेको दरमा केहि रोकावट तत्कालै ल्याउन सकिञ्छ।
१७ – यो नै नयाँ नेपाल निर्माणको प्रथम चरण हुन सक्छ।
यो परियोजना झ्वाट्ट हेर्दा महत्वाकांछी लाग्न सक्छ तर यथार्थमा यो पूर्ण ब्यबाहारिक कसरि छ भन्ने कुरा नक्सा सहित प्रष्ट पार्न चाहान्छु। नक्सामा निलो धर्कोले रेल तथा सडक (समानान्तर) मार्गको संकेत गरेको छ । ११ किमि लामो सेतो ठुलो धर्कोको बीचबाट पास भएको निलो धर्कोले हुग्दी खोला देखि शक्तिखोर सम्मको गल्लीकट भित्र बाट निर्माण गरिने रेल तथा सडक मार्गलाई संकेत गर्छ। काठमाडौँ उपत्यकाको उत्तरको रातो ४.५ किमिको धर्को र चितवनको माडी भ्यालीको उत्तरको ४ किमि को रातो धर्कोले टनेल मार्ग ( रेल तथा सडक ) को संकेतगर्छ। गुलाबीरंगको धर्कोले मध्यपहाडी राजमार्गको संकेत गर्छ ।
केरुङ्ग- काठमाडौँ रेल मार्गको कुरा चल्न थालेको २ बर्ष हुन लग्यो । त्यसको एलाईन्मेंट त्रिशुली नदीको किनार किनारै मैलुंग,बेत्रबती,त्रिशुली बजार अनि ढिकुरे बजार लिखु खोला को किनार बाट छहरे हुँदै बुढीसेराको आसपासबाट करिब ४.५ किमि को टनेल खोलि काठमाडौँ ( बिदुर -टोखा सडक छेउको बाउन्ड़ेश्वोर बाट उत्तर पूर्व पट्टि शिवपुरी डाँडाकोफेदीमा ) उपत्यका छिराउनुनै सबै भन्दा उपयुक्त देखिन्छ ।गल्छी-त्रिशुली-रसुवागढी (केरुङ्ग) सडकलाई २ लेनको २ वर्ष भित्रै बनाउने निर्णय सरकारले गरिनै सक्यो । काठमाडौँ -पोखरा रेल मार्ग र लुम्बिनीलाई पनि रेल मार्गले जोड्ने कुरा चल्न थालेको पनि ५/७ वर्ष हुन लग्यो । उता मेची-महाकाली रेल मार्गको लागि रेल बिभाग स्थापना भै बर्दिबास – सिमरा-(पर्सा जिल्लाको ठोरी-चितवन जिल्लाको माड़ी- नबलपरासी जिल्लाको प्रगति नगरआसपास) तमसरिया को सर्भे हुँदै गर्दा पूर्व बन मन्त्रिले पर्याबरणको नक्कली नारा लगाए ,यो पक्कै पनि उनको अन्तर आत्माको आबाज नहुनु पर्छ। मध्यपहाडी राजमार्गको नेपालथोक देखि पोखरा सम्मको खण्डलाई (बोहरेदोभान-पाँचखाल-मेलम्ची-पाटीभज्यांग-त्रिशुली-सल्यानटार-पालुंगटार-सुन्दर बजार-भोर्लेटार हुँदै ) निर्माण गर्ने निर्णय गरेर सरकारले काम सुरुगरि सकेकै छ।
अब बाँकि रह्यो काठमाडौँ-पोखरा-लुम्बिनी रेलमार्गको एलाईनमेंटको कुरा । संसारका सबै जसो ठाउं तिर राजमार्ग र रेलमार्ग संगसंगै (समानान्तर भएर) बनेका देखिन्छन किनकि सुरुमा निर्माण गर्नका साथै पछि मरमत तथा सुधार गर्न धेरै सजिलो हुञ्छ । त्यसकारण काठमाडौँ -पोखरा रेल मार्ग को एलाईनमेंट (काठमाडौँ-बुढीसेरा- त्रिशुली ) सम्म काठमाडौँ-केरुङ्ग रेलमार्ग संग संगै (एउटै ) हुनु पर्छ,त्यहि लाईन बाट मध्यपहाडी राजमार्ग बन्ने नै छ । त्यसपछिको एलाइनमेन्ट त्रिशुली-गल्छी अनि पृथ्वी राजमार्गको हुग्दी खोला -मुग्लिङ्ग- दमौली-पोखरा भन्दा उपुक्त अरुतिर बाट हुञ्छ जस्तो लाग्दैन ।
सरकारले घोषणा गरिसकेको मेची-महाकाली रेलमार्गको सिमरा-ठोरी-माडी-तमसरिया-लुम्बिनी खण्ड पनि (हुलाकी राजमार्ग संग समानान्तर हुनेगरी) ढिलो चांडो निर्माण हुने नै छ । काठमाडौँ-पोखरा रेलमार्गको हुग्दी खोला देखि चितवनको शक्तिखोर (मात्र ११किमि डाँडाहरु काटेर) हुँदै काएरखोलाको किनार किनारै सौराहा बजार को पश्चिम पट्टि बाट केहि दक्षिन पुगे पछि राप्ती नदी पार गरि नेसनल पार्कले प्रयोग गरिरहेको बाटो हुँदै (पटिहानी टाउन बाट सिधा दक्षिनमा रहेको) तमोर ताल को उत्तर बिन्दु बाट टरनिंग गरेपछि सिधै माडीको कल्याणपुर बजारको उत्तरमा चुरेको फेदी मा निस्किनेगरि करिब ४ किमि को टनेल दिएर रिउ खोलाको दक्षिन किनारै किनार सिधै पूर्व दिशामा माडी भ्यालीको अन्तिम पुगे पछि हाल बससेवा संचालन भैरहेको बाटोबाट भारतको सिमाना ठोरी ( भारतीय रेलयातायातको संजाल संग जोडिएको ठाउं ) सम्म रेल मार्ग र सडक मार्ग सजिलै जोड्न सकिन्छा। स्मरण रहोस तमोर ताल देखि ठोरी सम्म को रेल मार्ग र राजमार्ग एलाईनमेंटलाई नै मेची-महाकाली रेल मार्ग र हुलाकी राजमार्ग को एलाईन्मेंट बनाउदा निक्कै सजिलो र बुद्धिमता पूर्ण हुने छ ।
मेची-महाकाली रेलमार्गको बर्दिबास-सिमरा-ठोरी-तमसरिया-लुम्बिनी खण्ड र केरुङ्ग -त्रिशुली -काठमाडौँ –गल्छी -हुग्दिखोला -मुग्लिङ्ग -पोखरा रेलमार्गको निर्माण हुने बित्तिकै यो हुग्दिखोला देखि तमोर ताल सम्मको ४० किमि दुरीको नयाँ (थप ) रेल तथा सडक मार्गले नेपालमा केरुङ्ग-ठोरी -काठमाडौँ-पोखरा –लुम्बिनी- सिमरा- बर्दिबास रेल तथा सडक यातायात संजालको स्थापना गर्ने छ ।
निर्माण बिधि – काएर खोलाको बेडलाई सफा गरि त्रिशुलीबाट छिर्ने पानी र क्यच्मेंट एरिया बाट जम्मा हुन सक्ने कुल पानि अटाउन सक्ने चौडाई राखी दुवै किनार मा मजबुत र फराकिला ईमब्यांकमेन्ट बनाउने। एउटाबाट सडक र अर्कोबाट रेल मार्ग बनाउने। आबस्यकता अनुसार ठाउं ठाउंमा पूल बनाउने । पानी को मात्रा बढी हुँदा पूर्व र पश्चिम नहर बनाएर लदरि तथा खगेरी खोलाबाट पनि व्यवस्थापन गर्न सकिञ्छ। यसो गर्दा मुआब्जा को ठुलो समस्या हुने छैन, केहि मात्रामा भने दिनुपर्ने हुनसक्छ ।
राष्ट्रिय निकुञ्ज भित्र छिर्ने बित्तिकै रेलवे र सडकको एउटै ईमबैंकमेन्ट ५ मिटर अग्लो बनाई रेल मार्ग र सडक मुनिबाट जंगली जनावरहरु निर्बाद ढंगले आवत जावत गर्न सक्ने गरि ठाउं ठाउंमा कल्भर्टबनाउन पर्छ । रेलमार्ग र सडकको दुवै किनार मा ३ मीटर अग्लो कंक्रिटको वाल लगाउनु पर्छ । माडी भ्यालीको रिउ खोलाको बस्ति पट्टिको किनार बाट मजबुत ईमब्यांकमेन्ट बनाईदुवै किनारमा कंक्रिटको बार लगाई रेलमार्ग र सडक मार्ग दुवै लैजानु पर्ने हुञ्छ । त्यसो गर्दा जनावरहरुको खोलामा पुरै पहुँच हुञ्छ । माडी देखि ठोरी सम्मको जंगलमा राष्ट्रिय निकुञ्ज मा जस्तै गरि बनाउने। कुन ठाउंमार जनावर हरुको बाटो रोकियो त ? अझ ४ किमि सुरुङ्ग माथिको जंगल त जस्ताको तेस्तै छ ! मन्त्रि ज्यू चोरीशिकारी रोक्नु होस् ,रुख बिरुवा रोपेर जंगल लाई घना बनाउनोस, बनमारा उखेल्नोस,यो राजमार्गको ईमब्यांकमेन्ट को दुवै किनारको बार बाहिरपट्टि प्रति ३०० मिटरमा बुथ बनाएर तपाईंका बन्दुकधारी सिपाहीहरु २४सै घण्टा तैनाथ गराउनु होस् ,राष्ट्रिय निकुञ्ज भित्र कुनै पनि गाडी रोक्न नपाउने नियम लगाउनु होस् ! अब तपाईंका जनावरहरु राजमार्ग बन्नु पहिले भन्दा सुरक्षित भएनन् र ?
११ किमि गल्लि कट गर्दा निस्कने ढुंगा,माटो,गिट्टी,बालुवा आदि प्रयोग गर्न जाने १ मुट्ठी पनि खेर जाने छैन । तसर्थ मात्र ११ किमि लामो गल्लीकट काटेर बनाउन सकिने हुग्दीखोला देखि तमोर ताल सम्म करिब ४० किमि लम्बाईको को राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वको यो बहुउद्देशीय आयोजना (हाईड्रो पावर ,रेल तथा सडक मार्ग ,सिंचाई,नदी नियन्त्रण र पर्यटन बिकास ) २५ सै वर्ष लगायर भएर पनि सम्पन्न गर्न सके पछुतो मान्नु पर्दैन। हामीले मेलम्चीको पानी लाई २३ वर्ष कुरिसक्यौं अझै कति कुर्न पर्ने हो थाहा छैन। त्यो भन्दा अघि नै गर्न सके त सुनमा सुगन्ध भै हाल्यो । यो ४० किमि को नयाँ आयोजनाले मुलुकको उन्नतिको ढोका पुरै उघार्न सक्छ । त्यस पछिको ५ बर्षमा मेची देखि महाकाली सम्म का ठुला ठुला आयोजनाहरु सम्पन्न गर्न असजिलो पर्ने छैन ।
यदि हुग्दिखोला शक्तिखोर गल्लि कटले गर्दा उल्लेखित आयोजनाहरु सम्पन्न गर्न बिलम्ब हुन्छ जस्तो लग्छ भने सोहि स्थानमा टनेलिंग गरेर १० /१५ वर्ष भित्रै सकेर चमत्कार गर्न सके नेपाली जनता दंगदास पर्ने नै छन् ।
केरुङ्ग-काठमाडौँ-पोखरा रेल तथा सडक मार्ग र पूर्व पश्चिम (बर्दिबास-सिमरा-ठोरी-तमसरिया-लुम्बिनी खण्ड) रेल तथा सडक मार्गलाई जोड्ने रेल तथा सडकमार्ग हुग्दी खोला- शक्तिखोर-सौराहा-तमोर तालबाट नै किन ?
यसको विकल्पको रुपमा हेर्न सकिने (क) कम्तिमा १०० किमि लामो काठमाडौँ-निजगढ-कलैया-रक्सौल (ख) कम्तिमा १००किमि लामो काठमाडौँ-कुलेखानी टनेल-हेटौडा-बिरगंज-रक्सौल (ग) कम्तिमा ५०किमि लामो मुग्लिङ्ग-नारायणघाट-तमसरिया (नवल परासीको प्रगतिनगर वरिपरि वा चितवनको दिब्य नगर वरिपरि (घ) मुग्लिङ्गबाट पश्चिम लागे पछि पोखरा सम्मको कुनै पनि बिन्दुबाट तमसरिया-लुम्बिनी रेलमार्गको कुनै पनि बिन्दुमा जोड्ने रेल तथा सडक मार्ग माथिका ३ विकल्प संग तुलना गर्ने खालका हुन सक्ने देखिदैन ।
विकल्प (क) अनुसार केरुङ्ग–काठमाडौँ-निजगड-कलैया-रक्सौलको लम्बाई करिब करिब १८५ किमि र थप नयाँ निर्माण गर्नु पर्ने करिब १०० किमि र निजगड देखि कलैया रक्सौल खण्डमा मुआब्जाको ठुलै धन राशी खर्चिन पर्न सक्छ।
विकल्प (ख) अनुसार केरुङ्ग-काठमाडौँ-कुलेखानी–हेटौडा-बिरगंज-रक्सौलको लम्बाई पनि करिब करिब १८५ किमि र थप नयाँ निर्माण गर्नु पर्ने करिब १०० किमि र हेटौडा बिरगंज रक्सौल खण्डमा पनि मुआब्जाको ठुलै धन राशी खर्चिन पर्छ जस्तो लाग्छ।
विकल्प (ग) केरुङ्ग–त्रिशुली- गल्छी-मुग्लिङ्ग–नारायणघाट- तमसरिया-तमोर् ताल-ठोरीको लम्बाई करिब करिब २४० किमि (सबै भन्दा लामो) र थप नयाँ निर्माण गर्नुपर्ने करिब ५० किमि नारायणीको किनारै किनार बनाउदा मुआब्जाको समस्या नपरे पनि मुग्लिङ्ग नारायणघाट खण्डको निर्माण धेरै जटिल र खर्चिलो हुने छ ।
त्यसकारण पर्यटनको पुरै सम्भाबना बोकेका लुम्बिनी सौराहा जनकपुर काठमाडौँ पोखरा र लामटांगलाई मध्यभागबाट संयोजनगर्न सक्ने केरुङ्ग-त्रिशुली–गल्छी-हुग्दीखोला-शक्तिखोर-सौराहा-तमोर ताल-ठोरी करिब १९५ किमि र थप नयाँ निर्माण गर्नु पर्ने जम्मा करिब ४० किमिको यो खण्ड निर्माण गर्दा मुआब्जाको पनि खासै समस्या नपर्ने अनि शक्तिखोर देखि तमोर ताल सम्म पुरै समतल भुमि भएकाले अन्य विकल्पहरु भन्दा झन्डै आधा मूल्यमा निर्माण हुन सक्ने देखिन्छ ।
यो आयोजना हिमालको हो,पहाडको हो,मधेशको हो,मेची देखि महाकाली सम्म सबैको हो र भोटे,तामांग, राई,लिम्बु,गुरुङ,बाहुन,क्षेत्रि,मगर,थारु,दलित अनि मधेश मा बस्ने सबैको हो यसले कसैको कुभलो गर्ने छैन । त्यसकारण सम्पूर्ण नेपाली जनता,राजनैतिक दलका कार्यकर्ता,नेता,कर्मचारी तन्त्रको माथिल्लो तहमा बसेका बिज्ञहरु सबैले गम्भीर भएर सोची यो आयोजना लाई कार्यान्वायन गर्न सके सबैको भलो हुने छ ।
असम्भव लाग्ने अरबका मरुभूमि हराभरा हुँदैछन,युरोप अमेरिकाका हिमभूमी संसारका सबै भन्दा सुविधाजनक बस्ति बनेका छन् । विकास हवाई जाहाजबाट ओर्लिदैन । दुरदृष्टि, ईच्छा शक्ति ,प्रतिबद्दता र गृहकार्य गर्न सके सम्भव नहुने केहि छैन । चेतना भया …………!
(लेखक नेपालको सडक तथा पुल निर्माणको क्षेत्रमा २३ बर्षको अनुभबी र हाल सिकागो अमेरिकामा निर्माण कार्यको क्वालिटि कन्ट्रोलमा संलग्न हुनुहुञ्छI इमेल: [email protected])
प्रतिक्रिया