मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / जीवनशैली   

नियमित उपचारले एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ हुने

नियमित उपचारले एचआईभी सङ्क्रमित महिलाबाट जन्मने शिशु स्वस्थ हुने


काठमाडौँ, १८ कात्तिक । औषधिको नियमित प्रयोग गर्ने एचआईभी सङ्क्रमित गर्भवती महिलाबाट जन्मने नवजात शिशुमा सो रोग कम सरेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाको आव २०७१/७२ को तथ्याङ्कअनुसार एक लाख ४४ हजार ७ गर्भवती महिलामा एचआईभी परीक्षण गरिएकामा ६८ मा सङ्क्रमण देखिएकामा भाइरस प्रतिरोधात्मक उपचारका कारण उनीहरूबाट जन्मेका शिशुमा सङ्क्रमण न्यून देखिएको हो ।

Advertisement
ADVERTISEMENT

सन् २००४ बाट सुरु गरिएको (एन्टी रेट्रो भाइरस ट्रिटमेन्ट) एचआईभी सङ्क्रमण प्रतिरोधात्मक उपचारका कारण सङ्क्रमित गर्भवती महिलामा सकारात्मक प्रभावका कारण सङ्क्रमणितरहित शिशु जन्मने सम्भावना बढेर गएको महाशाखाको तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका निर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार उपचारको प्रभाव राम्रो परेका कारण नयाँ सङ्क्रमित कम पाइएका र मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आएको छ ।

उहाँले करिब २८ जिल्लामा यो उपचार सजिलै भइरहेको र बाँकी जिल्लाको जिल्ला अस्पतालमा मात्र रहेकाले जिल्लाको सबै भागमा उपचार पु¥याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्दा एचआईभी सङ्क्रमणको पनि सँगै परीक्षण गरी सङ्क्रमित पाइएमा उपचार सुरु गरी जन्मने शिशुलाई सङ्क्रमणबाट जोगाउन सकिने निर्देशक सिंहको भनाइ छ ।

नेपालमा चालु आवमा ३९ हजार २४९ अनुमानित सङ्क्रमित रहेकामा एक हजार ९६८ शिशु सङ्क्रमित पाइएको राष्ट्रिय एड्स तथा यौन रोग महाशाखाका सूचना अधिकृत वीरबहादुर रावलले जानकारी दिनुभयो ।

सङ्क्रमितमध्ये २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेका छन् । यसैगरी ४९८ गर्भवती महिलालाई उपचारको आवश्यकता रहेको पाइएको छ भने दुई हजार ५७६ जनाको एचआईभी/एड्सका कारण मृत्यु भएको छ ।

सरकारले सन् २०२० सम्ममा अनुमानित सङ्क्रमितमध्ये ३६ हजारको परीक्षण गरी ३२ हजारलाई उपचार गर्ने र तीमध्ये २८ हजारमा उपचारको सकारात्मक नतिजा निकाल्ने लक्ष्य राखेको सूचना अधिकृत रावलले बताउनुभयो ।

यस्तै सरकारले सन् २०३० सम्ममा एचआईभी सङ्क्रमण पूर्णरुपमा नियन्त्रण गर्ने लक्ष्य राखेकामा अहिलेकै अवस्था रहे लक्ष्य पूरा गर्न सकिने रावलको तर्क छ । रासस

शेयर गर्नुहोस:

0
Shares