मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन सम्मेलन सकियो सहभागीता वढी तर, ठोस उपलव्धि कम

एनआरएन सम्मेलन सकियो सहभागीता वढी तर, ठोस उपलव्धि कम


हिमालय खबर संवाददाता, काठमाडौँ 

सहभागीको वढी तर, ठोस उपलव्धि कम भई गैर आवासिय नेपाली संघ सातौ विश्व सम्मेलन सकिएको छ । नेतृत्वका लागि निर्वाचन भएकाले पनि यो सम्मेलन वढी चुनाव मय भएको थियो । त्यसलै सम्मेलन एनआरएनका मुद्दा र देशले हाल भोग्नु परेको जटिल अवस्थाका वारेमा गहन छलफल गर्ने अवसरको उपयोग गर्न सकेन । विभिन्न क्षेत्रका कयौं विज्ञहरु सम्मेलनमा सहभागी थिए तर, उनीहरु भीडमा हराएका थिए । आफुहरु भोट हाल्न आएजस्तो मात्र भएको सहभागीहरुको टिप्पणी थियो । सम्मेलनमा झण्डै ७० देशका करिव ११ सय प्रतिनिधि सहभागी थिए । पर्यवेक्षक सहित झण्डै दुई हजारले सम्मेलनमा भाग लिएका थिए । यसैले भिड वढी देखिएको थियो । तर, यो उत्साहजनक सहभागितालाई उत्पादनशील रुपमा उपयोग गर्न सम्मेलनले सकेन । तेल अभावले काठमाडौमा एक ठाउवाट अर्को स्थानमा पुग्न सहज थिएन तर, एनआरएन सहभागीहरुले यसलाई खासै प्रवाह भने गरेका थिएनन् ।

 

निर्वाचनमा पार्टीको समर्थन जुटाउन दौडधुप पनि चलेको थियो । तर पार्टीको आर्शिवाद पाएका उम्मेदवारले भने भोटमा खासै प्रभाव पार्न सकेनन् । चुनावका लागि समुह समुहहरु विच थुप्रै छलफल भने भएका थिए ।

 

यो सम्मेलनको मुख्य नारा एनआरएनए पर्नुनिमार्णको सच्चा साझेदार थियो । केही महिना अघिको महाभुकम्पवाट घरवाहर विहिन भएकालाई दुई बर्ष भित्र १ हजार घर निमार्ण गर्ने घोषणा सम्मेलनले गरेको छ । एनआरएनले वनाउन लागेको वस्तीमा  शिक्षा,स्वास्थ्य सुविधा, आर्यआर्जनका लागि अवसर समेत समेटेर एकिकृत आवास क्षेत्र निमार्ण गरिने अध्यक्ष शेष घलेले जानकारी दिए । यो सम्मेलनले सामुहिक लगानी कोष अवधारणालाई भने निरन्तरता दिएन । लगानीका लागि यसमा नेतृत्वकर्ता हुनु पर्छ त्यसपछि अरुले पनि पैसा लगाउन सक्छन तर, कोष वनाएर लगानी व्यवस्थापन गर्दा कयौं व्यवहारीक कठिनाईहरु रहेको घलेले वताए । एनआरएनले शुरु देखि सामुहिक कोष वनाएर लगानी गर्ने घोषणा गरेको थियो । तर, यो व्यवहारिक रुपमा जटिल थियो ।

एनआरएनलाई दोहोरो नागरिकता दिने नयां संविधानमा भएको व्यवस्थाले सहभागीहरुलाई उत्साहित वनाएको थियो । नयां संविधानमा एनआरएन नागरिकता दिन सकिने उल्लेख छ । सम्मेलन समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीे विदेशमा वस्ने नेपालीको नागरिकता सम्वन्धि माग जस्ताको तस्तै संविधानमा राखिएको वताउंदा सहभागीहरुले होइन भनेका थिए । अहिलेलाई दोहोरो नागरिकता उल्लेख हुनु ठुलो उपलव्धि भएको र यसमा अझ अगाडी वढ्न सकिने प्रधानमन्त्री ओलीले आश्वासन दिए ।

 

विगतमा जस्तै सरकारी तवरवाट एनआरएनलाई नेपालमा ज्ञान, सीप र पुंजी लगानी गर्न सरकारले छाडेन । तर, सहभागी एनआरएनहरुले भने देशमा अझ लगानीको वातावरण नभएको वताएका थिए । पहिले राजनीतिक अस्थिरता थियो, भुकम्पले फेरी वातावरण विगार्यो अहिले तेल लगायत अत्यावश्यक वस्तु अभाव छ घलेले भने लगानी वातावरण पहिले भन्दा अझ विग्रेको छ । घलेले आफुले लगानी गर्न लागेको होटलको लगानी पहिले ८ अर्व अनुमान गरिएकोमा अहिले १३ अर्व रुपैंया पुगेको वताए । देशको राजनीतिक लगायत अन्य समस्याले यस्तो भएको हो घलले भने ।

 

संस्थापक अध्यक्ष उपेन्द्र महतोले मातृभुमीप्रतिको जिम्मेवार नविर्सन आग्रह गरे । जवसम्म देश सक्षम हुदंैन त्यसवेला सम्म हरियो पासपोर्टको महत्व नहुने महतोले वताए । विगतमा जस्तै सरकारी निकायका प्रतिनिधि र विभिन्न क्षेत्रका विज्ञहरुले सम्मेलनमा आफ्ना भनाईहरु भने राखेका थिए । 

 

सम्मेलन एनआरएन अमेरिकाका लागि उत्साहजनक रहेन् । एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जीसीलाई उम्मेदवार वनाएको अमेरिकाले उनलाई जिताउन सकेन । उपाध्यक्षमा अत्याधिक वढी प्रतिस्पर्धा भएकाले पनि जीसीलाई जित्न कठिन भएको हो । तर, उनले सम्मानजनक मत भने ल्याएका छन् । निर्वाचन नतिजा पछि संस्थापक अध्यक्ष महतोले जीसीलाई निराश नहुन र अर्को पटक पुन निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।