विचार / ब्लग

कामी, दमाईं, सार्की, मधिशे जात होइन, लघुताभाष मात्र हो: नारायण अधिकारी

प्रकाशित |
विभेदका कुरा ।
पहिला पहिला जन्मले मान्छेको जात निर्धारण हुन्छ भन्ने कुरा थियो, तर त्यो कहाँ छ आजभोलि ? अब एउटा दमाईंको छोरो विद्यालयमा पढाउने शिक्षक भएको छ, अनि बाहुनको छोरोले टेलरिङ्को व्यापार खोलेर बसेको छ । वैश्यको छोरो मन्त्रीपरिषदमा छानिएको छ, अनि क्षेत्रीको छोरो राष्ट्रिय उत्पादनमा महत्त्व राख्ने उद्योगको मालिक बनेको छ ।
 
त्यसकारण, मान्छेको जात जन्मले होइन, कर्मले निर्धारण गर्दछ । आज घन कुट्ने कामी, भोलि अध्ययन गरी पुराण भन्न थाल्यो भने त्यो व्राह्मण हुन सक्छ भने पुराण भन्ने व्राह्मणको छोरोले धातु उद्योग चलाई धातुका सामान, हतियार वा औजार उत्पादन गर्न थाल्यो भने कामी हुन सक्छ । सार्की, दमाईंको हकमा पनि यही कुरा लागु हुन्छ । यो सत्य कुरा हो ।
 
कामी, दमाईं वा सार्की जात होइन, पेसा हो । हर पेसाको सम्मान हुनुपर्छ ।
 
देशको प्रथम राष्ट्रप्रति तराईमूलको छ, उपराष्ट्रपति तराईमूलको छ, देशको सर्वोच्च विधायिका संविधानसभा अध्यक्षमा एउटा जनजातिको छोरो विराजमान छ, देशको उच्च न्यायालमा नेवारको छोरो प्रधानन्यायाधीश छ भने कसले, कसरी भन्न सक्छ त्यो देशमा जातीय विभेद छ, जातीय अन्याय छ ? छ त केवल मानसिक दरिद्रता छ, दृष्टिभ्रम छ, आरिस छ, डाहा छ, आफू इत्तर विचारप्रतिको हीनताबोध छ । आफ्नै सामाजिक, साँस्कृतिक र पछौटेपनको लघुताभास छ ।
 
यी हुन् परिवर्तित समयका जात र कर्ममा आएका विविधताहरु ।
 
जातीय समाज हुनुहुँदैन । मान्छेको जात जन्मले होइन, कर्मले निर्धारण गर्छ । एउटा मानिस एउटा जीवनकालमा विभिन्न रुपमा परिमार्जित हुन्छ । जस्तो सुरुको मजदुर पछि उद्योगको मालिक बन्न सक्छ, सुरुको कारिन्दा पछि ठेकेदार बन्न सक्छ, सुरुको शोषित पछि उद्दारकर्ता बन्न सक्छ । यो हुने स्वतन्त्रता वा कज्याउने प्रवृत्ति हाम्रो समाजमा कहाँ छ ?
अब कहाँ छ यहाँ जातीय विभेद ? कुन जातले कुन जातलाई शोषण गरेको छ ? कसले कसलाई जातका आधारमा वा धर्मका आधारमा कुन काम वा पेसामा दबाएको छ ? छ त केवल समाजमा व्याप्छ भ्रम छ, शोषण छ भन्ने पूर्व अनुमान छ र छ यो कुरीति मात्र । हाम्रै समाजमा मात्र छ यो प्रथा ।
 
अब सामाजिक रुपमा स्थापित यो मान्यतालाई राज्यले गरेको विभेद ठानेर केही टाठाबाठाले राज्यको संरचना यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर भन्नु त्यस समुदायमाथि उनीहरुले फेरि पनि जातीयताको नाममा, राजनीतिको नाममा, राज्यको नाममा आफूले आफ्नै जातिमाथि शासन गर्न खोज्ने वहाना मात्र हो । सबै जनता सद्भावमा छन्, सहिष्णुतामा छन् । जनताहरु धार्मिक, सामाजिक, जातीय, साँस्कृतिक, राजनीतिक एकतामा छन् । छैनन् त केवल स्वार्थी राजनीतिक नेताहरु, दलहरु र विदेशी दलालहरुबाट सन्चालितहरु ।
 
जातीय आन्दोलनमा लाग्दा मृतकका परिवारलाई संघीय राज्य बनेपछि प्रादेशिक सरकारले ५० लाख रुपैंया क्षतिपूर्ति दिन्छ भनेर भन्ने अभिव्यक्ति यसको सामान्य उदाहरण मात्र हो ।
 
कामी, दमाईं, सार्की, मधिशे जात होइन, लघुताभाष मात्र हो । 
यति भनेपछि भन्ने खोजेको कुरा भनिरहनुपर्ला जस्तो लागेन ।
 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया