राजनीति-समाज

कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उमेदवारी फिर्ता

कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उमेदवारी फिर्ता


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पदाधिकारीसहित र केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । महाधिवेशन प्रचारप्रसार समितिले बुधवार साँझ महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । 

प्रचारप्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेले पदाधिकारीतर्फ सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजाल र आफू स्वयंले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनले क्लस्टरतर्फ १५ जना उम्मेदवारले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए। 

Advertisement

अबको केही समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको प्रवक्ता चालिसेले जानकारी दिए । उनले नयाँ केन्द्रिय कार्यसमिति चयनका लागि बिहीवार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए । 

महाधिवेशनमा सहभागी ७ हजार बढी प्रतिनिधिले पार्टीको अगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । उनका अनुसार मतदानका लागि काठमाडौँका ३ स्थानमा ७ मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको चालिसेले जानकारी दिए। राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको उनले जानकारी दिए ।

उनका अनुसार अहाधिवेशनको बन्द सत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका प्रस्तावहरू पारित भएको छ । यसका अतिरिक्त अब पार्टी विशेष गरेर आगामी चार वर्षको लागि हिँड्ने राजमार्गसमेत ती प्रतिवेदनहरूले तय गरेका छन् । त्यसबाहेक निर्वाचन समितिले आफ्नो कार्यतालिका प्रकाशित गरिसकेको छ ।

मतदानमा जानुअगाडि इच्छुक उम्मेदवारहरूले आफ्नो इच्छा जाहेर गरेकोमा पदाधिकारीमा विशेष गरेर सभापतिमा उम्मेदवार दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिउका छन् । यस्तै, उपसभापतिका उम्मेदवारमा मिनेन्द्र रिजाललगायत ४० जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

क्लस्टरमा १५ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बिहीबार बिहान ९ः०० बजेदेखि मतदानको कार्यक्रम खुलामञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी तीन ठाउँमा हुने उनले बताए । उनले महाधिवेशनको उत्साह र उम्मेदवारीले नयाँ पुस्ता नेपाली काँग्रेसको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएको उनको भनाइ छ ।