काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका प्रसाईँको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईँसँग दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउने आदेश गरेको हो।
अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा तारेखमा छाड्ने आदेश भएको छ।
अदालतको यो आदेश मुद्दाको अन्तिम फैसला भने होइन। धरौटीमा रिहा भएपछि प्रसाईंविरुद्धको मुद्दाको बाँकी न्यायिक प्रक्रिया नियमित रूपमा अघि बढ्ने छ।












प्रतिक्रिया