राजनीति-समाज

नयाँ पुस्ताले पनि देश बनाउने छनक देखाएन : रेशम चौधरी

नयाँ पुस्ताले पनि देश बनाउने छनक देखाएन : रेशम चौधरी


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले नयाँ पुस्ताको नेतृत्वले पनि देश बनाउने छनक नदेखाएको टिप्पणी गरेका छन् । उनले पुरानो नेतृत्वप्रति असन्तुष्टि व्यक्त हुँदै आए पनि अहिलेको पुस्ताबाट समेत अपेक्षित संकेत नदेखिएको बताएका छन् ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले नेताहरूको कपाल र जुँगाको रङसँग पुस्तालाई जोडेर व्यङ्ग्य गरेका हुन् ।

Advertisement

‘अहिले कैला जुंगा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने छनक देखाएका छैनन्,’ उनले भनेका छन् ।

यसअघि कपाल फुलेका नेताहरूले आफूलाई युवा भन्दै देश बिगारेको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले अहिलेको नेतृत्वप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित गगन थापालाई सम्बोधन गर्दै चौधरीले भने थापाहरूको पुस्ताबाट देश बन्ने विश्वास व्यक्त गरेका छन् ।

‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०-२० वटा दाह्री फुलेको, ५०-६० वटा कपाल फुलेको यो नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उनले भनेका छन् ।