राजनीति-समाज

सुशासनको मामिलामा सरकार छ महिनामै चुर्लुम्म डुब्यो : थापा

सुशासनको मामिलामा सरकार छ महिनामै चुर्लुम्म डुब्यो : थापा


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का नेता कर्ण थापाले बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार सुशासन, विकास र पारदर्शिताको मामिलामा पूर्णरूपमा असफल भएको आरोप लगाएका छन् । ६ महिनाको छोटो अवधिमै सरकार सुशासनको मामिलामा चुर्लुम्मै डुबेको उनको दाबी छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले १० वर्षमा हुने काम दुई वर्षमै गर्ने दाबी गरिए पनि सरकारको वर्तमान रफ्तार हेर्दा त्यस्तो कुनै संकेत नपाइएको बताए ।

Advertisement

‘सरकार बनेको सय दिनभित्र युरोप, अमेरिका र खाडीका देशबाट युवाहरूलाई फर्काउने आश्वासन दिइएको थियो, तर अहिले झन्-झन् युवा विदेशिन बाध्य छन्,’ थापाले भने, ‘रास्वपाले देशका युवाहरूलाई झुक्याउने काम मात्र गरेको छ ।’

उनले सरकारले विधिको शासन, जवाफदेहिता र सुशासनका क्षेत्रमा सिन्कोसम्म भाँच्न नसकेको बताए ।

यसैबीच, एमालेको आन्तरिक राजनीतिका विषयमा बोल्दै नेता थापाले आफूहरू पार्टीमा आमूल परिवर्तनको पक्षमा रहेको स्पष्ट पारे । पार्टीभित्र विधि र प्रक्रियाबाटै नेतृत्व परिवर्तन गर्नका लागि अहिले सघन छलफल भइरहेको दाबीसमेत उनले गरे ।

साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे, श्रम संस्कृति पार्टीका नेता एवं सांसद आर्यन राई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद बदन भण्डारीले पनि समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।