राजनीति-समाज

३ हजार बढी वडामा कांग्रेस देउवा समूहको अधिवेशन

३ हजार बढी वडामा कांग्रेस देउवा समूहको अधिवेशन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले १५ औँ महाधिवेशनअन्तर्गत तीन हजार बढी वडामा अधिवेशन सम्पन्न भएको जनाएको छ । कुल ६ हजार ७४३ वडामध्ये बिहीबार ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न भएको यो समूहले जनाएको हो।

मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको देउवा समूहले बिहीबारदेखि वडा अधिवेशन आरम्भ गरेको छ।

Advertisement

केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलले कोशी प्रदेशमा ५७७, मधेश प्रदेशमा ४०२, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा ३८६, लुम्बिनी प्रदेशको ५५०, कणाली प्रदेशको २५७ र सुदूरपश्चिम प्रदेशको ४५६ वडामा अधिवेशन सम्पन्न भएको जानकारी दिए।

रसुवा जिल्लामा बाढी पहिरोका कारण र बागलुङमा पार्टी नेता मणिभद्र शर्मा कँडेलको श्रीमतीको निधनका कारण वडा अधिवेशन रोकिएको उनले बताए। उनका अनुसार बागलुङमा शुक्रबार वडा अधिवेशन हुनेछ।