राजनीति-समाज

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशनका लागि लोगो र नारा सार्वजनिक गरेको छ ।

कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्दै त्यसको नारासमेत सार्वजनिक गरेको हो ।

Advertisement

महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ ।

कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै तय गरिसकेको छ । महाधिवेशनको तयारीअन्तर्गत असोज १० गते प्रदेशसभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमार्फत पार्टीको आगामी नेतृत्व तथा नीतिगत दिशाबारे निर्णय हुने भएकाले कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि तीव्र हुने देखिएको छ।