राजनीति-समाज

प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयो : प्रचण्ड

प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयो : प्रचण्ड


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सरकार पूर्णरूपमा असफल भएको टिप्पणी गरेका छन् ।

सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

Advertisement

उनले विपद्को सुरूवाती दिनमा सरकारमा देखिएको तत्परता क्रमशः कमजोर हुँदै गएको र उद्धारका प्रयासले अपेक्षित नतिजा दिन नसकेको बताए । प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेका कतिपय तथ्यसमेत भ्रामक रहेको उनको दाबी छ ।

उद्धारका क्रममा प्रयोग गरिएका उपकरण, प्राविधिक विज्ञता तथा सुरूङभित्रको वास्तविक अवस्थाबारे प्रधानमन्त्रीबाट गलत जानकारी प्रस्तुत भएको भन्दै सदनमा समेत यस विषयमा बहस भएको उनले उल्लेख गरे ।

‘मैले संसद्को रोस्टमबाटै पनि भनिसकेको छु, उद्धार कार्यमा सरकार सफल छैन । सुरूमा केही तत्परता देखिए पनि पछि यो फितलो हुँदै गयो । समग्रमा उद्धार कार्य मूलभूतरूपमा सफल हुन सकेन’, उनले भने ।

प्रधानमन्त्री सबैको साझा अभिभावक हुनुपर्ने र सबै पक्षबीच सहकार्य तथा सहमतिको वातावरण निर्माण गर्नु उनको मुख्य जिम्मेवारी भएको दाहालले बताए । तर, वर्तमान प्रधानमन्त्रीको कार्यशैलीमा त्यस्तो समन्वयकारी भूमिका देखिन नसकेको उनको टिप्पणी छ ।

प्रधानमन्त्रीको नेतृत्वदायी भूमिकामाथि प्रश्न उठाउँदै दाहालले सरकारले विपद्को समयमा जिम्मेवारीपूर्ण ढंगले काम गर्न नसक्दा नागरिकले थप सास्ती खेप्नुपरेको बताए ।