खेलकुद

नेपाल ‘ए’ को शानदार जित : स्कटल्यान्ड ४५ रनले पराजित

नेपाल ‘ए’ को शानदार जित : स्कटल्यान्ड ४५ रनले पराजित


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ सिरिजअघिको अभ्यास खेलमा नेपाल ए टोलीले स्कटल्यान्डलाई ४५ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० बल बाँकी रहँदा २३२ रनमा अलआउट भयो । स्कटल्यान्डका लागि फिनाली म्याकक्रेथले ५२ रन, ज्याक जार्भिसले ४५ रन र मार्क वाटले ३७ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

Advertisement

नेपाल ए का बलरमध्ये रसिद खानले ३ विकेट लिए भने साहब आलम, युवराज खत्री र बसिर अहमदले २, २ विकेट तथा कुशल मल्लले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए भने मयान यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१ र दीपक डुम्रेले २३ रन जोडे ।

यो अभ्यास खेल आइसिसी विश्वकप लिग–२  अन्तर्गत हुने सिरिजअघि भएको हो। स्कटल्यान्डको टोली नेपाल भ्रमणमा रहेको छ र आगामी खेलहरूमा नेपाल तथा अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपालको टोली र स्कटल्यान्डको टोलीबीचको यस खेलले लिग–२ सिरिजअघि दुवै टोलीलाई तयारीको राम्रो अवसर दिएको छ ।