काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनले पश्चिम एसिया क्षेत्रमा आफूले पठाएका कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह गरेको छ ।
एसोसियसनले नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोगलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय गर्न, नियमित सूचना प्रवाह गर्न तथा आपत्कालीन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
अध्यक्ष थापाले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि भएकाले नेपालस्थित सम्पूर्ण इजाजत प्राप्त संस्था, सम्बन्धित रोजगारदाता कम्पनीसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्ना कामदारको अवस्थाबारे नियमित जानकारी लिन पनि अनुरोध गरे ।








प्रतिक्रिया