नेपाल

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचका क्रममा ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित एक जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीन जान लागेकी ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खाण्ड्रो मंगलबार बिहान पक्राउ परेकी हुन् ।

Advertisement

उनले आफ्नो झोलामा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न देशका मुद्राहरू फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले नियमित जाँच गर्ने क्रममा उनको गतिविधि शंकास्पद देखिएको थियो ।

खानतलासी गर्दा उनको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो, ७ हजार ४ सय चाइनिज युआन र ४३ हजार स्विडिस क्रोनर बरामद भएको छ । नेपालको कानुनअनुसार अनुमतिविना तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा लुकाइछिपाइ लैजानु गैरकानुनी मानिन्छ ।

पक्राउ परेकी खाण्ड्रोलाई बरामद मुद्रासहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।