मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित

ऐरीको अर्धशतकमा स्कटल्याण्डविरुद्ध नेपालको जित


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । नेपालले विश्वकपमा १२ वर्षपछि जित हासिल गरेको हो । यसअघि सन् २०१४ मा बङलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

Advertisement

स्कटल्याण्डले जितका लागि दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५० रन जोडे । त्यस्तै गुल्सन झाले अविजित २४ रन जोडे ।

ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए भने ओपनर आसिफ शेखले २७ बलमा २ छक्का प्रहार गर्दै ३३ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन जोडे ।

बलिङमा स्कटल्याण्डका माइकल लिस्कले तीन विकेट लिए । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७० रनको योगफल बनाएको थियो ।

स्कटल्याण्डका लागि ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गरे । उनले ४५ बलमा आठ चौका र ३ छक्काको सहयोगमा ७१ रनको योगदान दिए । जर्ज मुन्सेले २७ र ब्राण्डन म्याकमुलेनले २५ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट झारेका थिए ।

शेयर गर्नुहोस:

54
Shares