मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन

प्रधानमन्त्री को बन्छ? पोलिमार्केटमा नेपाल सम्बन्धी बाजी सबैभन्दा चर्चित

प्रधानमन्त्री को बन्छ? पोलिमार्केटमा नेपाल सम्बन्धी बाजी सबैभन्दा चर्चित

पोलिमार्केटको थप प्रक्षेपण


बस्टन (अमेरिका)- अमेरिकी अनुमान बजार पोलिमार्केटले नेपाल शिर्षकमा मात्रै ११ वटा बाजीको खाल थापेको छ । गत महिना नेपालको आगामी आम निर्वाचनमा कुन दलले चुनाव जित्ला भनेर बाजी थापेको पोलिमार्केटले हालै नेपालको प्रधानमन्त्री को बन्ने छ भन्ने विषयमा पनि बाजी थापेको छ ।

आज सोमबार फेबूुअरी १६ मा मात्रै थापेको यो बाजी नेपालको चुनावको विषयमा थापिएका बाजीहरुमध्ये सर्वाधिक चर्चित र लोकप्रिय बनेको छ । जसमा केही घण्टा मैं यो समाचार लेखेको समय सोमबार साँझ ८ बजेर ५० मिनेटा जाँदासम्ममा दुइ लाख ३६ हजार डलर बराबरको बाजी कन्ट्रयाक्ट खरिद गरेका छन् ।

Advertisement

यो बाजी अनुसार बालेन्द्र शाह प्रधानमन्त्री बन्ने सम्भावना ६१ प्रतिशत रहेको तत्कालको तथ्यांक(रियलटाइम एल्गोरिदम)ले देखाएको छ । त्यसैगरी दोस्रो स्थानमा गगनकुमार थापा प्रधानमन्त्री बन्ने सम्भावना रहेको पोलिमार्केटको प्रडिक्सनले देखाएको छ । अचम्म लाग्दो कुरा त के छ भने को प्रधानमन्त्री बन्ला भन्ने शिर्षकको यो बाजीमा बालेन पहिलो हुनेछन् भनेर मात्रै २ लाख चौंतिसहजार डलर रकम जम्मा भइसकेको छ ।

पोलिमार्केटल गत महिना राखेको कुन पार्टी पहिलो दल बन्छ राखेको बाजीमा समेत हालसम्म ७० हजार डलर बराबरको रकम खालमा परेको छ । उक्त बाजीमा रास्वपा पहिलो दल बन्छ भन्नेमा ६७ प्रतिशत सम्भावना र नेपाली कांग्रेस पहिलो दल बन्ने सम्भावना २६ प्रतिशत रहेको देखिएको छ ।

बालेनसँग झापामा प्रतिस्पर्धा गरिरहेका पूर्व प्रधानमन्त्री केपी शर्मा वली प्रधानमन्त्री बन्ने सम्भावना जम्मा १४ प्रतिशत र रास्वपाका सभापति स्वयं रवि लामिाछाने प्रधानमन्त्री बन्ने सम्भावना १० प्रतिशत देखिएको छ ।

त्यसैगरी प्रचण्ड, कुलमान घिसिंग, हर्क साम्पांग र माधवकुमार नेपाल र सुसिला कार्की चुनावपछि प्रधानमन्त्री बन्ने सम्भावना न्यून अर्थात २ प्रतिशत मात्र देखाएको छ ।

त्यसैगरी पोलिमार्केटले दोस्रो स्थान र तेस्रो स्थानका लागि छुट्टा छुट्टै बाजी खोलेपनि त्यसमा बाजी खरिदकर्ताहरु आकर्षित देखिंदैनन् ।

स्कटल्याण्ड भर्सेस नेपाल टि ट्वान्टी क्रिकेटको पनि पोलिमार्केटमा बाजी जारी छ । जसमा स्कटल्याण्डले नेपाललाई हराउने सम्भावना ६३ प्रतिशत रहेको देखिन्छ । नेपालको महिला क्रिकेटको पनि पोलिमार्केटमा बाजीका शिर्षक देखिएका छन् । ति बाजीहरुमा नेपालले जित्ने सम्भावना १ प्रतिशत भन्दा कम देखिएको छ ।

पोलिमार्केटको थप प्रक्षेपण

शेयर गर्नुहोस:

729
Shares