नेपाल

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ का ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरूङ, कञ्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेपलान्चोकको ठाँटी चापखोरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङ गाउँपालिका–२ का २७ वर्षीय भुवन तामाङ, सिन्धुलीको फिक्कल गाउँपालिका–३ का २० वर्षीय अनिस मगर तथा भारत घर भएका २६ वर्षीय रोशन साह रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।

Advertisement

उनले भने, “काठमाडौँस्थित कारागारहरूमा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका निज कैदीबन्दीहरू गत भदौ २४ गते कारागारबाट फरार रहेकामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खोजतलास गर्ने क्रममा पक्राउ गरी सम्बन्धित कारागार कार्यालय दाखिला गरिएको छ ।”

पक्राउ परेकाहरूमा तेन्जिङबहादुर तामाङ डाँका चोरी, प्रितम गुरूङ चोरी, बबिता तामाङ मानव बेचबिखन तथा ओसारपसार, विक्रम नेपाली नकवजनि चोरी, भुवन तामाङ लागूऔषध, अनिष मगर ज्यान मार्ने उद्योग तथा रोशन साह लागूऔषधको कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

शेयर गर्नुहोस:

162
Shares