काठमाडौँ । विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रासँग भ्रष्टाचार मुद्दामा रू पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उक्त रकम धरौटी लिएर तारिखमा राखेको आदेश गरेको हो ।
अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम ९२० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइ दिनसमेत भनेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते ‘म्यामोग्राफी मेसिन’ खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा कौशल मिश्रासहित १४ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।












प्रतिक्रिया