काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापतिमा निर्विरोध निर्वाचित गरेको छ।
६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको हो।
विशेष महाधिवेशनले अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरेको छ।
उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भूसाल निर्वाचित भएका छन्। महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल नाममा सर्वसम्मति भएको छ।
सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला संग्रौला पन्त (महिला), बहादुरसिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगेन्द्र चौधरी (थारू) र कर्ण बूढा (पिछडिएको समुदाय) निर्वाचित भएका छन् ।












प्रतिक्रिया