मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

राजु परियार, शान्ति भण्डारी र चन्द्र शर्माको प्रस्तुति रहने

राजु परियार, शान्ति भण्डारी र चन्द्र शर्माको प्रस्तुति रहने


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font
  • change font

अर्भिंग, टेक्सस — नेपाली लोकसंगीतप्रेमीहरूका लागि विशेष सांगीतिक कार्यक्रम “Live Dohori Night” आयोजना हुने भएको छ।

चर्चित दोहोरी गायक राजु परियार, लोकप्रिय गायिका शान्ति भण्डारी तथा गायक चन्द्र शर्माको प्रत्यक्ष प्रस्तुति रहने उक्त कार्यक्रम जनवरी १६, शुक्रबार साँझ ७ बजे इर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा सम्पन्न हुनेछ।

Advertisement

US Tour by Koseli Colorado अन्तर्गत आयोजना हुने यस कार्यक्रमलाई चहल पहल प्रोडक्सनले प्रस्तुत गर्न लागेको हो। नेपाली लोकदोहोरी गीत–संगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस सांगीतिक साँझमा दर्शकले प्रत्यक्ष दोहोरी, रमाइलो संवाद र सांस्कृतिक माहोलको अनुभव लिन सक्नेछन्।

कार्यक्रम स्थल 1800 Valley View Ln #104, Irving, TX 75061 रहेको छ। कार्यक्रमको मिडिया पार्टनर Reporters Club America रहेको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि (सन्तोष न्यौपाने 415-932-9595 , टिका पौडेल 214-277-1767 , राजन शाह 972-787-1773) आयोजक पक्षले समयमै उपस्थित भई नेपाली लोकदोहोरी संगीतको स्वाद लिन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

शेयर गर्नुहोस:

432
Shares