मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   
टेक्सस   

टेक्ससस्थित नेपाली समाजले २०२६–२०२७ कार्यसमिति निर्वाचन प्रक्रिया सुरु

टेक्ससस्थित नेपाली समाजले २०२६–२०२७ कार्यसमिति निर्वाचन प्रक्रिया सुरु

६,२०८ सदस्यको सहभागिता अपेक्षित


शेयर गर्नुहोस:

972
Shares

  • change font
  • change font
  • change font

ड्यालस। टेक्ससमा रहेको सबैभन्दा ठूलो नेपाली सामुदायिक संस्था नेपाली समाज टेक्सस (NST) ले आगामी २०२६–२०२७ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। निर्वाचन समिति २०२५ द्वारा जारी सूचनाअनुसार, विभिन्न पदहरूको लागि मनोनयन खुला गरिएको छ र चुनाव २०७२ मङ्सिर २७ गते (डिसेम्बर १३, २०२५) सम्पन्न हुने उल्लेख गरिएको छ।

यस वर्ष समाजमा दर्ता भएका कुल सदस्य संख्या ६,२०८ पुगेको छ। तीमध्ये पुराना आजीवन सदस्य ३०९, नयाँ आजीवन सदस्य १,११८, साधारण तथा विद्यार्थी सदस्य ४,७७६, र ट्रस्टी सदस्य ५ जना रहेका छन्। सदस्यता नवीकरणको समयसमाप्ति भइसकेकाले, अहिले दर्ता भइसकेका सदस्यहरू नै मतदानका लागि योग्य हुनेछन्।

निर्वाचन समितिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, खेलकुद समन्वयक, महिला समन्वयक, युवा तथा विद्यार्थी समन्वयक, सदस्यलगायतका पदहरू खुला गरेको छ। यसका अतिरिक्त, सूचना प्रविधि समन्वयक, कर्मजीवन तथा कौशल विकास समन्वयक, तथा केही प्रतिनिधि पदहरू भने नवनिर्वाचित समितिबाट मनोनयनमार्फत चयन गरिने छन्।

नेपाली समाज टेक्ससका अनुसार, यो निर्वाचन संस्था तथा सम्पूर्ण नेपाली समुदायका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ। नयाँ नेतृत्वले समुदायका सांस्कृतिक कार्यक्रम, सामाजिक सेवा, आपतकालीन सहायता, सहकार्य कार्यक्रम र अन्य गतिविधिहरू सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सदस्यलाई सक्रिय सहभागिताको आग्रह गरिएको छ।

निर्वाचनसम्बन्धी थप जानकारी समाजको आधिकारिक सूचना माध्यम तथा निर्वाचन कार्यालयमार्फत क्रमिक रूपमा सार्वजनिक गरिने समितिले जनाएको छ।

शेयर गर्नुहोस:

972
Shares