नेप्लिज एशोसियसन अफ ह्युस्टनको (एनएएच) आयोजनामा हिजो आइतवार पशुपतिनाथ मन्दिर परिसरमा रहेको खेल मैदानमा ४० वर्ष माथि उमेर समुहको पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। छ वटा भविबल टोलीको सहभागिता रहेको प्रतियोगितामा ४० वर्ष माथिका करिब ६० जना बृहत्तर ह्युस्टनबासी नेपाली खोलाडीहरुले भलिबल प्रतियोगितामा सहभागिता जनाएका थिए।
तीन-तीन टोलीको दुई समुह बनाएर खेलाइएको प्रतियोगितामा प्रकाश भट्टराईको नेतृत्वमा रहेको ‘एनएएच-बि’ प्रथम भयो भने बसिल अर्यालको कप्तानीमा रहेको पेयरल्याण्ड-भलिबल टोली उपविजेता रह्यो। बिजेता टोलीका अन्य खोलाडीहरुमा लक्ष्मण भण्डारी, दिपेश श्रेष्ठ, महादेव थापा, द्रोण गौतम, सन्तोष देवकोटा, बाबुराम ज्ञवाली, मनिष मुनङ्कमी लगायातका खेलाडी थिए भने उप बिजेता टोलीमा डा. लक्ष्मण देबकोटा, हरी न्यौपाने, किशोर घिमिरे, विक्रम खड्का, सुजन पण्डित, जनार्जन कडेल, राज यादव र ध्रुव रिमाल खेलाडी रहेका थिए। सेमिफाइनलमा पराजित दुई भलिबल टोलीबीच भएको टसबाट ‘एनएएच ए’ तेश्रो घोषित भयो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी प्रदान गरिएको थियो भने खेलाडीहरुलाई व्यक्तिगत मेडल दिइएको थियो। एनएएच स्पोर्ट्स कमिटीका तर्फबाट अमृत कँडेलद्वारा संचालित पुरस्कार वितरण समारोहमा ह्युस्टनको नेपाली समुदायमा खेल प्रवर्द्धन गर्न योगदान दिए वापत एनएएचका पूर्व अध्यक्ष मधुकर अमात्य र पुरुषोत्तम भुर्तेललाई सम्मान गरिएको थियो। पुरस्कार वितरण समारोहमा एनएएचका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ लगयातका पदाधिकारीहरुले बिजेता टोली, खेलाडी र सम्मानितद्वय अमात्य र भुर्तेललाई ट्र्फी एवं सम्मान पत्र प्रदान गरेका थिए। यसैगरी ‘एनएएच-बि’का खेलाडी दिपेश श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।














प्रतिक्रिया