मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा खेलीएको देउसी भैलोबाट १७ हजार डलर संकलन

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोमा खेलीएको देउसी भैलोबाट १७ हजार डलर संकलन


कोलोराडो (अमेरीका)- नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोको बिभिन्न शहरमा देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ ।

कोलोराडोमा कृयासिल संस्था नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्था र समाजसेवीहरुको सहयोगमा नेपालीहरुको दोश्रो ठुलो महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम सम्पन्न हो । यस अघिका बर्षहरुमा जस्तै यस बर्षपनि शुभकामना आदान प्रदान सहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

यसरी देउसी भैलो खेलीएका स्थानहरुमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतीक केन्द्र नेपाली घर रहेका छन् । अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारीक शुक्रबार सांझ ६ बजे देखी राती ९.३० बजे सम्म संचानल भएको देउसी भैलो कार्यक्रमा ६ हजार ७ सय ७९ डलर संकलन भएको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले बताएका छन् ।

यसैगरी नेपाली सास्कृतीक केन्द्र नेपाली घरमा नेपाली घरका बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड ईभेन्ट अफिसर दिनेश कार्कीको सह संयोजनमा अक्टोवर १९ तरिक आइतबार सांझ ५ बजेदेखि ९ बजेसम्म आयोजित देउसी भैलो कार्यक्रम १० हजार २ सय ६१ डलर संकलन भएको नेपाली घरका महासचिव भोला कटुवालले बताएका छन् ।

बिशेष गरि नया पुस्तालाई हाम्रो रहन सहन, भाषा, सस्कृती तथा भेष भुषाको जानाकारी गराउन, यहांका स्थानीय बासिन्दाहरुलाई नेपालीको भाषा र संस्कृतीको पहिचान गराउन तथा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग जुटाउन देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

प्रवासमा यस्ता कार्यक्रमले मातृभुमीको स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचान गराउने नेपाली घरका पुर्व अध्यक्ष लछुमन रानाले बताएका छन् । उनले नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मत संभार तथा मर्गेज तिर्न संकलित रकमले सहयोग हुने बताए । संकलित रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ ।

दुबैस्थानका कार्यक्रममा साना बाबु नानीहरूले नेपालको राष्ट्रियगान गाएर अगाडी बढाएका थिए । कार्यक्रममा गायिका संझना पाण्डे लगायतका बिभिन्न कलाकारहरूको शुमधुर गीत संगीतले श्रोता दर्शकको मनजित्न सफल भएका थिए । कार्यक्रममा साना भाइ बहिनीहरूले कुशल नृत्य प्रर्दशन गरेका थिए । अरोराको देउसी भैलोमा ५३ परिवारले नाम लेखाएर दान दिएका थिए भने नेपाली सांस्कृतिक केन्द्रमा ७३ परिवारले नाम लेखाएर तथा केहीले नाम नलेखाइ नाग्लोमा राखेका थिए ।

देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने गन्य मान्य, समाजसेवी, संघ संसथाका पदाधिकारी, कलाकार, पत्रकार, बुद्धिजिवी, ब्यापारी तथा नेपालीभाषी बाआमा, दाजुभाइ दिदीबहिनी उपस्थिती रहेको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम धेरैजसो सहभागी पुरुषहरु दौरा सुरुवाल ढाकाको टोपी र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिएका थिए । कोलोराडोमा नेपाली घरको संयोजन तथा स्थानिय संघ संस्थाको सहभागीतामा हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना हुदै आएको छ ।

शेयर गर्नुहोस:

1.3k
Shares