कोलोराडो

कोलोराडोमा आयोजित कन्सुलर सेवा शिविरबाट ५ सय ३१ जना लाभान्बित, कार्यक्रम भब्यताका साथ सम्पन्न

कोलोराडोमा आयोजित कन्सुलर सेवा शिविरबाट ५ सय ३१ जना लाभान्बित, कार्यक्रम भब्यताका साथ सम्पन्न


कोलोराडो (अमेरीका)- अमेरीकाको कोलोराडोमा अक्टोबर १० देखी आयोजित राहदानी सेवा शिविर भब्यताका साथ सम्पन्न भएको छ ।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनको संयोजन , नेपाली घरको अगुवाइ र एनआरएन कोलोराडो च्याप्टर तथा रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको सकृय सहभागीतामा अक्टोबर १० देखी १२ तारिख सम्म आयोजित शिविरमा ५ सय ५ जनाको राहदानी नविकरण, २६ जनाको एनआरएन कार्डको फारम संकलन भएको सेवा शिविरका टोली प्रमुख अरूणा घिसिङले बताएकी छन् ।

Advertisement

नेपाली राजदुताबास वासिङटन डिसीबाट आएका कुटनितीक स्टाफहरू अरूणा घिसिङ, सोना खडारी, यज्ञप्रसाद रेग्मी र टेक्सास काउन्सिल अफिसबाट आएकी हरिमयां अधिकारीकी सहित ४ सदस्सिय टोलिको अथक प्रयासले सेवाशिवीर सफलताको साथ सम्पन्न हो ।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा सञ्चालन भएको सेवा शिविरमा सेवालिन एरिजोना, टेक्सास, नेब्रास्का, मिनेसोटा, युटाह, ओहायो, केन्सास, न्यूमेक्सिको , भर्जिनिया र वायोमिङ लगायतका स्टेटहरूबाट सेवाग्राहीहरू कोलोराडो आएका थिए ।

सेवा शिविरलाइ ब्यवस्थित रूपमा संचालनगरी र सेवाग्राहीलाइ सहयोग पुर्याउन कुटनितीक स्टाफहरू, संघ संस्थाका पदाधिकारी सहित १ सय भन्दा बढी स्वयंसेवीहरू अहोरात्र खटेर शिविरलाइ सफलताका साथ सम्पन्न पार्न सहयोग पुर्याएको नेपाली घरका निवर्तमान अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् ।

आजै कार्यक्रमको बिच आयोजित समापन समारोहमा नेपाली घरका अध्यक्ष बसन्त लंम्साल र हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै सबैको साथ र सहयोगले हाम्रो आफ्नै आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रमा कार्यक्रम सफलताका साथ सम्पन्न पार्न सकेको भन्दै सबैलाइ धन्यवाद दिएका थिए । त्यसैगरी टोली प्रमुख अरूणा घिसिङले समारोहलाइ संम्बोधन गर्दै नेपाली राजदुताबास र कोलोराडो नेपाली समुदायको पहलमा संचालित सेवा शिविर सफल तुल्याउन सबैको महत्वपूर्ण भुमिका रहेको, हरेक क्षेत्रमा यहांको कुशल ब्यवस्थापनको कारण बिना कठिनाइ धेरै सेवाग्राहीलाइ सेवा पुर्याउन सकेको भन्दै खुसीसाथ सबैलाइ धन्यवाद दिएकी थिइन ।

सेवा शिविरबाट सेवा लिन ४ सयभन्दा बढी सेवाग्राहीले अग्रीम अनलाइन फारम भरि समय निर्धारण गरेका थिए भने कतिपयले कार्यक्रम स्थलमा आइ प्रकृया अगाडी बढाएका थिए । सेवा शिविरमा ९३ बर्षिया जेष्ठ नागिरक रत्नमयां खड्का सहित २ दर्जनभन्दा बढी १० बर्षभन्दा मुनीका बाल बालिकाहरू लाभान्बित भएको नेपाली घरका बरिष्ठ उपाध्यक्ष गंगा चौलागाइले बताएका छन् ।

सेवा शिविर हरेक बिहान ८.३० बजेदेखि राती ८.३० बजेसम्म १२ घण्टा संचालन भएको थियो । कार्यक्रममा सहयोग गर्ने स्पोन्सर तथा भोलेन्टियरहरू सबैलाइ प्रमाणपत्र प्रदानगरी सम्मान गरिएको थियो ।