मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

अमेरिकामा केही नेपाली व्यवसायीमाथि श्रम शोषणको आरोप: ‘ट्रेनिङ्ग’का नाममा सित्तैमा काम

अमेरिकामा केही नेपाली व्यवसायीमाथि श्रम शोषणको आरोप: ‘ट्रेनिङ्ग’का नाममा सित्तैमा काम

तस्बिर: सामाजिक संजाल

अमेरिका । नेपालबाट अध्ययनका लागि अएका अन्तर्राष्ट्रिय विद्यार्थी तथा कागजपत्रविहीनहरूले केही नेपाली व्यवसायी माथि अमेरिकामा श्रम शोषण गरेको गुनासो गरिरहेका छन्।

युवाहरूका अनुसार, कतिपय व्यवसायीहरूले एकदेखि दुई हप्तासम्म दैनिक १६ घण्टा काममा दलाउने तर पारिश्रमिक नदिने गरेका छन्। कतिपय अवस्थामा भने कथित ट्रेनिङ्गको अवधि सकिएपछि निकालेर अर्को नयाँ युवालाई सोही तरिकाले शोषण गर्ने गरिएको उनीहरूको दाबी छ।

Advertisement
ADVERTISEMENT

एक विद्यार्थीले भने, “हामीलाई एक हप्ता ट्रेनिङ्गमा भनेर काम लगाइयो, तर अन्ततः तलब त दिइएन। त्यसपछि ‘तिमीले काम गर्न सक्दैनौ’ भन्दै निकालियो।”

त्यस्तैगरी, कागजपत्रविहीन एक युवाले गुनासो गर्दै भने, “हामीलाई रातभर १६ घण्टा काम लगाइन्छ। तर तलब मात्र १ देखि ५ डलर प्रति घण्टा दिइन्छ, जसले यातायात खर्च समेत धान्दैन।”

काम पाउने लोभमा विद्यार्थी तथा कागजपत्र विहिनहरूले जतिबेला भन्यो, जे भन्यो त्यही काम गर्छन् । तर अन्तिममा शोषण गरेर निकाल्ने प्रवृत्ति माैलाएको पीडितमध्यका एकले बताए ।

जेन-जी पुस्ताका एक विद्यार्थीले भने, “यदि यस्ता व्यवसायीहरूले यस्तो व्यवहार सुधारेनन् भने हामी उनीहरूको नाम सार्वजनिक रूपमा अनलाइनमा प्रकाशित गर्नेछौं। श्रम शोषण गर्ने व्यवसायलाई हाम्रो समुदाय स्वीकार्दैन।”

विद्यार्थी तथा कागजपत्र विहिनहरूलाइ काममा लगाएर समयमा पारिश्रमिक नदिने व्यबसायीको संख्या पनि ठूलो छ । अमेरिकामा काममा लगाएपछि रोजगारदाताले दुइ हप्तामा एक पटक वा हरेक हप्ता पारिश्रमिक भुक्तानी गर्नुपर्छ । यो कानुनी वाध्यता पनि हो । तर स्टोर, रेष्टुरेन्ट, ग्याँस स्टेशनहरूमा २/३ महिनासम्म पनि पारिश्रमिक नदिने, काम गरेको पारिश्रमिक माग्दा अइसलाइ बोलाइदिन्छु भनेर साहुहरूले धम्क्याउने र कतिपयले त चोरीको अभियोग समेत कामदारमाथि लगाउने गरेको गुनासो बढ्दो क्रममा छ । भारतीय, पाकिस्तानी, बंगलादेशी साहुहरूले पनि कामदारमाथि यस्तो तरिकाबाट शोषण गरिरहेका छन् । कलेजमा काम गरेको रिपोर्ट गरिदिने भनेर कामदारलाइ त्रशित बनाएर अनुचित फाइदा उनीहरूले उठाइरहेका छन् ।

एकातिर घण्टाको साढे ८ डलरदेखि १० डलरसम्म ज्यादै सस्तो पारिश्रमिक, त्यसमाथि कहिल्यै समयमा नदिने, माग्दा भीख मागेजस्तो व्यबहार देखाउने, काममा गाली गर्ने अपशव्द प्रयोग जस्ता घटना सामान्य भैसकेको एक पीडित विद्यार्थीले गुनासो सुनाए ।

हिमालयखबर एक नेपालीले अर्को नेपालीलाइ समस्यामा परेको बेलामा शोषण गर्ने, सहयोग र सहानुभूतिको वदला पीडा दिने प्रवृत्तिको विरूद्ध रहेको छ । यदी कसैलाइ यस्तो प्रकारको श्रम शोषण, परिस्थितिको फाइदा उठाएर प्रलोभन देखाएर शारिरीक शोषण भएको छ भने हिमालयखबरमा प्रमाण सहित सम्पर्क राख्नुहुन अनुरोध गर्दछ । हामी पत्रकारिताको धर्म, मर्म र अाचारसंहिता अनुसार पीडितको नाम गोप्य राख्नेछाैँ ।

शेयर गर्नुहोस:

33.3k
Shares