मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
बोस्टन   
साहित्य/सिर्जना   

कथाकार श्रेष्ठको कथासङ्ग्रह ”कठै !” को अमेरिकामा चर्चा

कथाकार श्रेष्ठको कथासङ्ग्रह ”कठै !” को अमेरिकामा चर्चा


शेयर गर्नुहोस:

3.4k
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन। कथाकार श्यामप्रसाद श्रेष्ठको कथासङ्ग्रह ”कठै !” उपर अमेरिकामा चर्चा गरिएको छ। गत जुलाई १२, २०२५ शनिबार अमेरिकाको टेक्सास राज्यको ड्यालसमा भानु जयन्तीको अवसर पारेर कथाकार श्रेष्ठको चौथो कृति ”कठै !” सार्वजनिक गरेसंगै चर्चा गरिएको हो।

ड्यालस स्थित श्रीकृष्ण प्रणामी हिन्दू समाजको आयोजनामा भएको चर्चा कार्यक्रममा कथाकार श्रेष्ठले कथासङ्ग्रह ”कठै !” का बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, लघुकथा केन्द्र नेपालकी अध्यक्ष लता केसी, श्रीकृष्ण प्रणामी हिन्दू समाजका निवर्तमान अध्यक्ष नुरनाथ सुवेदी लगायतले मन्तव्य राख्दै कथासङ्ग्रह ”कठै!” को बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा बोल्ने वक्ता तथा सहभागीहरुले सभ्य समाज निर्माणमा साहित्यको अहम भूमिका रहने उल्लेख गर्दै अमेरिका आएर कथासङ्ग्रह ”कठै !” सार्वजनिक गरेकोमा कथाकार श्रेष्ठलाई धन्यवाद दिएका थिए। वक्ताहरुले कथासङ्ग्रह ”कठै!” ले नेपाली साहित्य क्षेत्रको विकास गर्न र नेपाल-अमेरिकाका प्रवासी नेपालीहरुलाई जोड्ने काममा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै कथाकार श्रेष्ठलाई बधाई सहित सफलताको शुभकामना दिएका थिए।

कार्यक्रममा लघुकथा केन्द्र नेपालकी अध्यक्ष केसी र लघुकथाकार विवेक शर्मा गौतमले आ-आफ्नो लघुकथा सुनाएका थिए। त्यसैगरी, डाक्टर सुनिल खनालले गजल सुनाएका थिए भने, सुवास दंगाल र सागर खतिवडालले आफ्ना कविताहरु वाचन गरेका थिए।

सुवास दंगालले सञ्चालन गरेको कार्यक्रम, श्रीकृष्ण प्रणामी हिन्दु समाज, ड्यालसका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।

एनसिआइसिका कोषाध्यक्ष दिनेश न्यौपाने, एनसिआइसिका सल्लाहकार भुवन आचार्य, एभरेष्ट क्रेडिट युनियनका निर्देशक डाक्टर मिलन पौडेल, समाजिक व्यक्तित्व विष्णु सापकोटा, बिशाल रिजाल लगायत समाजसेवी तथा साहित्य प्रेमीहरुको कार्यक्रममा सहभागिता रहेको थियो।

कथासङ्ग्रह ”कठै !” मा कथाकार श्रेष्ठले विभिन्न विषयहरुमा केन्द्रीत भएर लेखेका १३ वटा कथाहरु : त्यो रात, विलीन जीवन, बिदा, आत्मबल, आत्मा निवास, झरेको कोपिला, वेदनाको अन्त्य, राजनेता, म बाँच्न चाहन्छु, शुभकामना, दह्रो खाम, सपना र मुक्तिको सपना समेटिएका छन्।

कथाकार श्रेष्ठको पहिलो साहित्यिक कृति होसियार’ र ‘अभियान’ नाटकहरु हुन्। उनको ‘नेपाल आमा’ र ‘एकादेशको कथा’ नाटक पनि सार्वजनिक भैसकेका छन्। श्रेष्ठले साहित्यको अर्को विधा ‘लघुकथा’ मा पनि कलम चलाउदै आइरहेका छन्। चेतनामूलक तथा कसिलो व्यङ्गात्मक प्रहार गरिएको लघुकथाहरु समेटेर कथाकार श्रेष्ठले आफ्नो तेश्रो कृतिका रुपमा ”व्यथाभित्रको कथा” यस अघि नै सार्वजनिक गरिसकेका छन्।

शेयर गर्नुहोस:

3.4k
Shares