मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

‘यो मन त मेरो नेपाली हो’ चलचित्रको अमेरिकामा विशेष शो

‘यो मन त मेरो नेपाली हो’ चलचित्रको अमेरिकामा विशेष शो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

अमेरिका । यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को अमेरिकाका विभिन्न सहरमा विशेष शो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेर प्रशंसा गरेका छन् ।

सोमबार राति पिट्र्सबगर्मा गरिएको विशेष शो हेर्ने दर्शकहरुले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति बिर्संदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहास दर्शाउन खोजिएकोले चलचित्र निकै सुन्दर र हरेक नेपालीले हेनुपर्ने फिल्म बनेको भन्दै चलचित्रको तारिफ गरेका छन् ।

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौलालगायतको अभिनय रहेको छ ।

चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, मह¤व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ । पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायाङ्कन, देव महर्जन द्वन्द्व, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेका छन् ।

दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको चलचित्रमा सङ्गीत रहेको छ भने दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी ‘घायल’को शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।

शेयर गर्नुहोस:

81
Shares