काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम देशको हित र अग्रगामी निकासका लागि आएको बताएका छन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रलाई समेटेर योजना ल्याइएको बताए।
सांसद ढुङ्गानाले भने, “नीति तथा कार्यक्रम सरकारको आँखा हो । पहिलेका कार्यक्रममा योजना छरिन्थ्यो । तीनै तहले एउटै कार्यक्रम राख्ने र दोहोरोपन हुन्थ्यो । सरकारले यो नीति तथा कार्यक्रममार्फत दोहोरोपन हुन नदिने र व्यवस्थित भएर जाने भनेको छ ।”
नीति तथा कार्यक्रम विकासको बजेट योजनाअनुसार कार्यवधिभर सम्पन्न गर्ने सङ्केत देखाएको उनले बताए । सांसद ढुङ्गानाले सरकारले कृषिमा जोड दिँदै गर्दा सिँचाइ, बजारीकरण र त्यसको व्यवस्थापन गर्न नसके विकासका जति ठूला कुरा गरेपनि काम नलाग्ने बताए। सिँचाइ योजना व्यवस्थापन गर्नुपर्ने उनको सुझाव थियो ।
प्रतिक्रिया